गणेश क्षेत्री
टीकापुर, १९ कार्तिक / दिगो बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १७ औं बार्षिक साधारण सभा टीकापुर नगरपालिका वडा नं. ८ बटनपुरमा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष गोबिन्द कठायतको सभापतित्वमा भएको कार्यक्रम मा टीकापुर नगरपालिका का मेयर रामलाल डगौंरा थारु प्रमुख अतिथी रहनुभएको थियो । विशिष्ट अतिथिमा सहकारीका पुर्ब अध्यक्ष खगेन्द्र साउँद रहनुभएको थियो ।
प्रमुख अतिथी डगौंरा थारुले सहकारी र सहकार्य एक अर्काको पुरक भएको बताउनु भयो । सहकारी नाफामुलक भएपनी समाजसेवा र सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाको रुपमा आफुले पाएको बताउनुभयो । अनावश्यक खर्च नगर्नु भनेकै बचत गर्नुसरह भएको बताउदै सहकारीले आयआर्जन मुलक र सिपमुलक कार्यक्रम ल्याउँछ भने नगरपालिकाले ५० प्रतिशत लगानी ब्योहोर्न तयार भएको बताउनु भयो । कार्यक्रम ल्याउनुस हामी तयार छौ । प्रमुख अतिथिले भन्नुभयो ।
विशिष्ट अतिथी खगेन्द्र साउँदले सहकारीको बार्षिक हिसाब किताब र लेखाजोखा गर्ने दिन भएकोले सेयर सदस्यको लागि महत्त्वपूर्ण भएको बताउनुभयो । साउँदले सहकारी ले आगामी दिनमा गर्नुपर्ने कार्यको समेत नितिनिर्माण गर्ने समय भएकोले सेयर सदस्यले चनाखो हुनुपर्ने बताउनुभयो ।
उपाध्यक्ष जमुना पि बिक को स्वागतको स्वागत मन्तव्य सङ्गै सुरुभएको कार्यक्रममा प्र।अ।पहल धामी,एकता बचत तथा ऋण सहकारीका अध्यक्ष बिक्रम चौधरी ,समाजसेबि तथा नेता शेर बहादुर साउँद ,समाजसेवी मीन बहादुर कठायत र समाजसेवी पदमराज जोसि लगायतले शुभ–कामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सहकारीको अध्यक्षको प्रतिबेदन अध्यक्ष गोबिन्द कठायतले प्रस्तुत गर्नुभएको थियो भने ब्यवस्थापक तारा साउँदले आय/ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सहकारी ले १६ लाख ९ हजार ९ सय १२ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । सहकारीको सेयर पुजि ३९ लाख ९६ हजार ६ सय ४३ रुपैयाँ रहेको छ भने शेयर सदस्य सङ्ख्या महिला ४ सय ३ जना र पुरुष ३ सय ४८ जना गरेर ७ सय ५१ जना रहेका छन् । बचतकर्ता २ हजार १ सय ८७ जना रहेका छन् भने ऋण लगानी ४ करोड ७६ लाख ७६ रुपैयाँ रहेको ब्यवस्थापक तारा साउँदले बताउनु भयो ।
कार्यक्रममा असल ऋणि अवतार थारु,जोगेनी साउँद र असल बचतकर्ता बालकृष्ण चौधरी निर्मला बोहरा,चन्द्र बहादुर शाह र बुधराम चौधरी लाई १० सेयर कित्ता र प्रमाणपत्र प्रदान गरेर सम्मान गरियको थियो । त्यसै गरी कक्षा ११ र १२ मा अध्यन गर्ने जेहन्दार छात्रा मुस्कान साउँद , सम्झना गिरि , प्रतीक्षा टमट्टा , निमिता लुहार सम्मान गरियको थियो । कार्यक्रम को सन्चालन सचिब रतन टमट्टा ले गर्नुभएको थियो ।