देशभर जननेता गिरिजाप्रशादको शताव्दी औं जन्मजयन्ती मनाइयो,टीकापुरमा रक्तदान कार्यक्रम

टीकापुर, १९ आषाढ/जननेता पूर्ब प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रशाद कोइरालाको शताव्दी औं जन्मजयन्ती देशभर मनाइएको छ ।
नेपाली कांग्रेस पार्टी र तीनका भातृ संगठनले मंगलवार कोइरालाको शताव्दी औं जन्मजयन्ती बिशेष कार्यक्रम गरेर मनाएका हुन् । कांग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपामा गिरिजाप्रशाद कोइरालासंग सम्बन्धित तस्बिर प्रदर्शन गरेको छ । प्रदर्शनीमा प्रधानमन्त्री प्रचण्ड , एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागि हुनु हुन्थ्यो ।
यता टीकापुरमा तरुण दलले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका हुन् । तरुण दल क्षेत्र नम्बर १ कैलालीका अध्यक्ष कल्पेश कुवँरको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन प्रदेश सदस्य केशरी बिष्ट रावलले गर्नुभएको हो । कार्यक्रममा स्वागत विकास आचार्यले गर्नुभएको थियो भने सञ्चालन सचिब अनिल चौधरीले गर्नुभएको थियो । ५३ पिण्ट रगत संकलन भएको रेडक्रस टीकापुरका कर्मचारी प्रभु शर्माले जानकारी गराउनुभयो । बर्षातको समयमा रगत अभाव भएको बेला तरुण दलको कार्यक्रम बाट संकलन भएको रगतले ठूलो राहत दिएको शर्माले बताउनु भयो ।


नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाले गत बर्ष करिब २३ सय पिण्ट रगत वितरण गरेको थियो भने यो बर्ष असाढ महिनाको १५ गतेसम्ममा करिब २४ सय पिण्ट रगत वितरण गरेको छ । रगतको माग बढेपनि रगत दिने बानी बसेको छैन । रगत ‘सेप्रेसन मेसिन’ जडान हुने हो भने यही रगतले आपुर्ति गर्न सहज हुन्छ ।
तरुण दलले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।‘‘ रक्तदान कार्यक्रम गर्न सफल भएका छौ ,’’ तरुण दलका अध्यक्ष कुवँरले भन्नुभयो ,‘‘ तरुण दल अब दैवि प्रकोपका बारेमा गम्भिर छ , हामीहरु सतर्क भएर बसेका छौ , जतिबेला आवश्यक पर्छ तरुण दलका युवाहरु नागरिकको दुखमा साथ दिन पुग्छन् ।’’ नेताहरुको बारेमा कार्यक्रम गरेपनि नेताहरु ले गरेको त्याग र लगानी अनुसरण गर्ने प्रयास गरेको पाइदैन ।
पछिल्लो समय पार्टीमा अराजकता बढ्दै जाँदा लगानी गरेका निष्ठावान र क्षमता भएका नेता कार्यकर्ता ओझेलमा पर्दै गएका छन् ।