सम्पदकीय
देश र जनताका लागि भन्दा आफ्नो सत्ता स्वार्थमा लिप्त हुँदा नेपाली राजनीतिमा सामाजिक अगुवालाई फटाहाका रुपमा बुझ्न थालिएको छ । सामाजिक काम व्यापरमा परिणत हुँदा सामाजसेबी सबैको बदनाम हुन थालेको छ । नागरिकको जीवन दिनप्रतिदिन कठिन हुँदै गएको छ । नेपालको राजनीति देश र जनताका लागि भन्दा नितान्त सत्ता स्वार्थमा केन्द्रीत हुँदा नेताहरु संकटमा परेका हुन् । मसिंर ४ गते भएको निर्बाचनमा नागरिकले ठूला दल प्रति देखाएको आक्रोसलाई बिर्सिसके । भोट माग्ने बेला तथानाम आश्वासन बाड्ने अनी ५ बर्ष मनपरी गर्ने संस्कारले जडा गाड्दै जाँदा मुलुकमा अबिश्वास बढ्न थालेको छ । बैसाख १० गते हुन लागेको उपनिर्बाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीनवटै निर्बाचन जित्ने हो भने देशभर एउटा सन्देश जान्छ त्यो हो पुराना पार्टीबाट अबको परिवर्तन सम्भव छैन । पुराना पार्टीमा लागेका युवाहरुको पनि परिक्षा बैसाख १० गते हुने छ । नेताहरु गम्भिर छैनन् । को सत्ता पक्ष को प्रतिपक्ष भनेर छुट्याउन गाहे छ । १३८ सांसद चाहिनेमा ३२ सांसद भएको पार्टीले सरकारको नेतृत्व गरेको छ ।कुन दिन १० जना सांसद भएको पार्टी प्रधानमन्त्री भएको हेर्न पर्ने हो । यस्तो बिकृतिमा गणतन्त्रले नागरिकको मन जित्न सक्ने कुरै भएन । जनभावनाको कदर गर्नुको साटो जालझेलको कुरा बढी हुन थालेको छ । आर्थिक अराजकता यति बढेको छ कि भ्रष्टाचार भन्दा पनि लूटतन्त्रमा पुगेको छ । तसर्थ राजनीतिक दलका नेताहरु समयमै सचेत हुन जरुरी छ । हैन भने बैसाख १० गते जनताले सन्देश दिने छन् त्यतिबेला पुराना दलका बुढा नेताहरुले पश्चाताप गर्नु बाहेक केही हात पार्नेवाला छैनन् ।