दैनिक भ्रमको खेतिमा नेताहरु

सम्पादकीय
नेपालका नेताहरु देशको आर्थिक विकास कसरी गर्ने र जनतालाई कसरी राहत दिन सकिन्छ भन्ने बारेमा चर्चा गर्दैनन् । दैनिक देश र जनताको आर्थिक प्रगती र नागरिकको जीवन स्तर कसरी सुधार हुन्छ भन्ने बारेमा गभिंर हुनुपर्ने हो । जनजीविकाको सवालमा नेताहरु गम्भिर हुनुपर्ने हो तर नेताहरु दिनभरी भाषण गर्नमा व्यस्त हुन्छन् । नेपालका नेताहरुको काम दिनभरी भाषण गर्ने मात्र होकी झै देखिन्छ । सत्तामा बस्दासम्म आश्वासन दिने अनी सत्ता भन्दा बाहिर भएपछि बिपक्षीलाई धारे हात लगाएर यो भएन , उ भएन भनेर जनतालाई ठग्ने काम हुन्छ । सत्तामा बसेका बेला गम्भिर भएको भए मुलुक धेरै अघि बढिसक्ने थियो । प्रजातन्त्र र गणतन्त्रका लागि लडेका नेताहरु जनताको सवालमा भन्दा पनि भाषण गरेर जनतालाई एकछिन खुसि बनाएर भाग्न सकिन्छ भन्नेमा लागेको पाइन्छ । दश ठाउँमा भाषण गर्ने , जिल्ला दौडाहा गर्ने तर जनताको आर्थिक प्रगति कसरी हुन्छ भन्ने सवालमा केही चिन्तन मनन् छैन् । यतिखेर स्थानीय निर्बाचन सकिएको छ । स्थानीय जनप्रतिनीधिलाई बोलाएर राम्रो काम गर्नु भन्ने उपदेश हरेक पार्टीका नेताहरुले गर्न थालेका छन् । माथि खराव छ अनी तल राम्रो बनाउने प्रयास गरेर के गर्ने ? सबैले गठबन्धनका कारण कम संख्या जितेको दाबी पनि गर्दैछन् प्रदेश र संघिय निर्बाचानमा पनि गठबन्धन गर्नुपर्छ भन्न छाडेका छैनन् । एमालेलाई घेराबन्दी गर्न गठबन्धन गरेको कुरा लुकाउने गरेका छन् । केवल सत्ताका लागि राजनीति गरेकै कारण जनताले बिश्वास गर्न छाडेका छन् । तसर्थ राजनीतिक दलका नेताहरुलाई गम्भिर हुन दबाब दिनजरुरी छ । नागरिकका बारेमा बोल्नुपर्ने नेताहरु नितान्त आफ्नो स्वार्थम लागेका छन् । जनता सचेत हुन जरुरी छ ।