टीकापुर, २ आषाढ/टीकापुर नगरपालिका वार्ड नम्बर ८ र ९ मा मल अभाव भएको स्थानीय कृषकले गुनासो गरेका छन् । धान रोप्नेबेला मल अभाव भएपछि किसान चिन्तित छन् ।
भारतीय सीमामा पर्ने ति वडाका किसानहरु ले सहकारीमा मल पाउदैनन् भने भारतबाट ल्याउँदा प्रहरीले सताउने गरेको छ ।‘‘ भारतबाट ल्याएको मल भरपर्दो छैन , यहाँका सहकारी मा मलको अभाव छ ’’ स्थानीय रामबहादुर चौधरीले भन्नुभयो , ‘‘ धान खेति गर्नेबेला मल पाएका छैनौं ।’’ त्यस क्षेत्रका किसानले बर्षेनी मल अभावको पीडा भोग्नुपर्छ । सीमा नजिक भएका कारण भारतबाट ल्याएर समस्या टार्ने गरेको भएपनि कमशल खालको मल पर्दा कैयन पटक दुख पाएको स्थानीयको भनाई छ ।
सीमाको क्षेत्रमा राज्यले ध्यान नदिंदा किसान मर्कामा परेको स्थानीय समाजसेवी एंब कृषक शेरबहादुर साउँदले बताउनुभयो । ‘‘यहाँको दीगो विकास सहकारीमा ६० बोरा मल आयो ६ सयजनाको लाईन थियो ’’ साउँदले भन्नुभयो ,‘‘ खेति गर्नेबेला मल अभाव हुन्छ सरकारले ध्यान दिएको पाइदैन ।’’ बर्षेनी मल अभाव हुदा खेति गर्नेबेला किसान चिन्तित हुने गरेको साउदले बताउनुभयो । ‘‘धनसिंहपुर क्षेत्र पछि परेको क्षेत्र हो मलका बारेमा स्थानीय सरकारले पनि ध्यान दिएको छैन’’ साउँदले भन्नुभयो,‘‘ स्थानीय सरकारले मल आवश्यक पर्ने बिषयमा अध्ययन गरेर समयमै व्यबस्था गर्न जनप्रतिनीधि ले ध्यान दिनु पर्छ ।’’
एक बिगाहा जग्गामा एक बोरा डिएपी लाग्छ , यसै गरी पोटास प्रति कठ्ठा डेढ किलो लाग्छ भने यूरिया प्रति कठ्ठा ५ किलोसम्म लाग्छ ।