धाम निर्माणमा ध्यान जाओस्

सम्पादकीय
हरेक विकासमा स्थानीयको सकृय सहभागिता आवश्यक पर्छ । आफ्नो विकास आफै गर्ने हो । अरुले मेहनत गरेर अर्काको विकास कहिलै भएको पनि छैन र हुँदैन पनि । विकास निर्माणको योजना तथा समाजिक सद्भाव कायम गर्ने काम स्थानीयकै हो । टीकापुर धार्मिक र पर्यटकीयको साथ साथै शैक्षिक क्षेत्रका लागि उत्तम स्थान हो । धार्मिक क्षेत्रका लागि कर्णाली नदी हाम्रो ढिकमा छ भने शिब मन्दिर र पद्म प्रकाशेश्वर मन्दिर पनि छन् । यसरी धार्मिक रुपमा टीकापुरलाई चिनाउँन यी तीन कुराले सहयोग गर्छ । तीन कुरा भएर मात्र भएन अब स्थानीयको सकृयता आवश्यक छ । यसरी टीकापुरको विकासको लागी कर्णाली नदीलाई धामकै रुपमा प्रयोग गर्न जरुरी छ । ।यस पटक नेपाली संस्कृती परिषदले माघ स्थान कार्यक्रम गरेर राम्रो सन्देश दिएको छ । माघ लहान (स्नान) कार्यक्रममा स्थानीयको सकृयता यस पटक देख्न पाइयो । यसरी धामको विकास गर्न छुट्टै योजना बनाएर अघि बढ्न जरुरी छ । कर्णालेश्वर मन्दिर र संस्कृती परिषद मिलेर बर्षेनी बृहत कार्यक्रम गर्न जरुरी छ । कर्णाली नदीका बारेमा भ्रामक प्रचार गरिने गरिएको छ यसलाई रोक्न जरुरी छ । नदी शुद्ध छ तर भ्रामक प्रचार रोक्न टीकापुर क्षेत्रका नागरिकले ध्यान दिन जरुरी छ । धार्मिक विकास सरकारको मुख ताकेर हुँदैन । स्थानीयको सकृयता भएपछि सरकार जोडिनुपर्छ । नागरिक जोडिएको ठाउँमा सरकार नजोडिएर सुखै छैन । धार्मिक आस्थालाई बचाउन आस्थावान मान्छेले नै सकृयता देखाउँन जरुरी छ । तसर्थ कर्णाली नदीलाई धामको रुपमा विकास गर्न सबैले सकारात्मक भूमिका खेल्न जरुरी छ ।