टीकापुर, २६ चैत/टीकापुर नगरपालिकामा नयाँ जनप्रतिनीधि आएको ११ महिना भयो तर मेयर र उपमेयरको पटक पटकको तिक्तताले केही काम हुन सकेको छैन ।
टीकापुरमा निर्माण हुने संरचना का बारेमा होस् या नगरपालिका को आन्तरिक सेवा होस् यतिखेर तहस नहस भएको छ । मेयर र उपमेयरको तिक्तताले ५ बर्ष खेर जाने भयो भनेर नागरिक चिन्तामा छन् । राजनीतिक दलका नेताहरु संघ संस्था हडप्ने र केही स्वार्थ मिल्छ कि भनेर पर्खेर बस्दा सुधारको बाटो देखिदैन । नागरिकले दुख पाउने निश्चित भएपछि टीकापुर स्थित नागरिक समाजले शुक्रवार नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । समाजले टीकापुर नगरपालिका मा जनप्रतिनिधिहरुका बीच समन्वय र सामूहिक जिम्मेवारपूर्ण व्यवहार नहुँदा त्यसको असर कर्मचारीमा समेत परेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । समाजले तत्काल जनप्रतिनिधि बीचको मनमुटाव अन्त्य गर्न र सबै कार्यपालिका सदस्यहरु नगर क्षेत्रमा भइरहेका काम कारवाही मा जिम्मेवार बन्न अनुरोध गरिएको नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईँले बmुभाएको पत्रमा उल्लेख छ ।
कार्यवहाक नगर प्रमुख खडक बहादुर शाहलाई बुझाइएको उक्त ध्यानाकर्षण पत्रमा सरकार सञ्चालनमा सुशासन कमजोर भइ भ्रष्टाचार मौलाएको आभाष भएको उल्लेख
छ ।‘‘ आर्थिक प्रशासन अपारदर्शी भइ खरिद, पेश्की, बेरुजु जस्ता विषयमा जनप्रतिनिधिहरु र लेखा समिति पनि बेखबर भएकाले यसको तथ्यगत विवरण तत्काल सार्वजनिक गनुपर्छ,’’ ध्यानाकर्षण पत्रमा भनिएको छ । म नगरपालिकाको आर्थिक कार्यमा वित्तीय अनुशासन कायम गर्न पनि अनुरोध गरिएको छ । टीकापुरभित्र निर्माण सम्पन्न भइसकेका आयोजनाहरुलाई पूर्ण उपयोग गर्न र नगरभित्रका सञ्चालित निर्माण आयोजनाहरुमा स्थानीय सरकारले निगरानी राखी गुणस्तर कायम गर्न समाजले अनुरोध गरेको छ ।
ध्यानाकर्षणपत्रमा टीकापुरको मुख्य सडक दशरथचन्द पथमा सवारी साधन आवागमन सहज गराउन मुख्य चौराहामा सवारी साधन घुम्ने ठाउँ बनाउन र चौक चौराह चिनाउन नाम लेखिएको साइनबोर्ड र सम्भव भएसम्म शालिक स्थापना गर्न अनुरोध गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै टीकापुर नगरपालिकाका कार्यवहाक नगरप्रमुख खडकबहादुर शाहले ध्यानाकर्षणलाई सकारात्मक रुपमा लिइएको र समय मिलाएर छलफल गर्ने बताउनु भएको नागरिक समाज टीकापुरका संयोजक चपाईँले जानकारी दिनु भएको छ । मेयर जे पनि हुन्छ भन्ने उपमेयर अर्काको कुरा नसुन्ने भएपछि नागरिकले सास्ति बेहोर्नु परेको नेपाली कांग्रेसका पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भन्नुभयो ,‘‘ प्रमुख प्रशाकीय अधिकृत राख्ने र पठाउनेमा जुँगाको लडाई बनाएर सिंगो कर्मचारितन्त्र तहस नहस गर्ने काम भएको छ ।’’‘‘यस पटक टीकापुरले संघिय र प्रदेश सांसद मात्र होइन मन्त्री समेत पाएको अवस्था छ यो अवसरलाई मेयर र उपमेयरले गभिंरताका रुपमा लिएर लाभ लिनुको साटो झगडा गर्नमा समय खर्च गर्नु टीकापुरबासीका लागि दुर्भाग्य हो ।’’ अधिकारीले भन्नुभयो । सहरी विकास मन्त्रालय मार्फत स्मार्ट सिटीको बजेट रोकिएको छ तर मेयर उपमेयर यस बारे गभिंर नभएको अधिकारीले आरोप लगाउनुभयो । यसै गरी नागरिक समाज टीकापुरको सदस्यमा मानव अधिकारकर्मी टङ्कपंसाद सञ्ज्याल, पत्रकार दुर्गाप्रसाद भण्डारी र शिक्षक सम्झना अर्याललाई मनोनित गरिएको जनाइएको छ ।