सम्पादकीय
टीकापुर नगरपालिकालाई भर्ती केन्द्र बनाइएको छ । यो बीरेन्द्र बिद्या मन्दिर स्कुलकै तरिकाले सञ्चालन भइरहेको छ । बीरेन्द्रमा जसरी आफ्ना मान्छे भर्ती गर्ने काम भयो त्यसरी नै नगरपालिकामा भर्ती गर्ने काम भएको छ । टीकापुरमा पारदर्शीता भन्ने कुरा कसैलाई मनपर्दैन जस्तो देखिन्छ । पारदर्शीताका बारेमा कोही बोल्दैनन् । नितान्त आफ्ना मान्छेलाई अवसर र सुबिधा बाड्ने प्रबृत्तिले संस्था राम्रोसंग पनि नचल्ने अनी समाजमा द्वन्द भुषको आगो झै हुने गरेको छ । नबोल्नु भनेको थाहा नपाएको होइन । नितान्त मनपरी तरिकाले नगरपलिका चलाउने प्रयास भइरहेको छ । ५ बर्ष पुरै असफल भएको नगरपालिका यो कार्यकाल पनि केही कर्मचारीहरुकै कारण असफल हुने निश्चित हो । केही कर्मचारी बाधक छन् भने त्यस्तालाई किन नहटाउने रु पहिलो पटकलाई सरुवा गर्ने अनी त्यसपछि पनि सुधार भएन भने हटाउनुपर्छ । भर्ती केन्द्र बनाउने अनी काम नगरेपछि जनप्रतिनीधिहरुसंग निहु खोज्ने कस्तो संस्कार हो ? हामीले जे गरेपनि हुन्छ भन्ने मानसिकताले काम गरिरहेको छ । टीकापुर नगरपालिकाको बारेमा जनता सचेत हुन जरुरी छ । भएभरीका कर्मचारी हुलेका छन् तर प्रगति केही छैन । अघिल्लो आर्थिक बर्षमा ६ करोड बेरुजू आएको छ । मनपरी खर्च भएको छ तर ठोस विकास योजना देखाउन सक्ने केही छैन । गलतलाई गलत नभन्ने अनी आफ्नो नातागोता पर्यो भने गलतलाई पनि सहि भन्ने चलनले गलत गर्नेहरुलाई प्रोत्साहन गर्न थालेको छ । बर्तमान जनप्रतिनीधि आएको २ महिना भएको छ ।अघिल्लो कार्यकाल झै मनपरी गरेर खाउंला भन्ने सोच पालेका कर्मचारी तिलमिलाएका छन् । मेयरले सरुवा गर्छु भन्यो यो भन्यो भन्दै जनप्रतिनीधिलाई घेराबन्दी गर्ने काम भइरहेको छ । जनताले तिरेको करबाट पालिएकाहरु सच्चिन जरुरी छ । स्थानीय हौं पनि भन्ने आफ्नै नगरमा ज्यादती गरेर आफ्नो दुनो सोझ्याउने काम गर्नु गलत हो । तसर्थ टीकापुर नगरपालिकालाई बीरेन्द्र हुनबाट बचाउन जरुरी छ । टीकापुरमा जग्गा भाउ घट्यो भनेर दुखेशो गर्ने अनी समग्र टीकापुरको विकासमा बाधक को हो भनेर नबोल्ने हो भने टीकापुरको समृद्धि कसरी हुन्छ रु टीकापुरलाई केही व्यक्तिले लुट्ने थलोको रुपमा बुझेका छन् आम जनता सचेत हुन जरुरी छ ।