टीकापुर, २८ भाद्र/स्वर्गिय मोहन बहादुर रावलले स्थापना गरेको ‘नर–राजु मोवरा प्राज्ञिक’ पुरस्कार बुधवार एक कार्यक्रम बीच वितरण गरिएको छ । टीकापुर स्थित प्राज्ञिक समाजले बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कार यस बर्ष साहित्य सर्जक देवानन्द रिमाल ९चिन्तक० लाई प्रदान गरिएको हो । रिमाललाई न्याउल्यामा रसालङ्कार नामक कृतिका लागि यो पुरस्कार प्रदान गरिएको समाजले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढबिन्द्र बहादुर रावलले नगद १० हजार सहित सम्मानपत्र प्रदान गर्नुभएको हो । सम्मानपछि क्याम्पस प्रमुख रावलले साहित्य ऐना हो , समाज को वास्तविकतालाई उजागर गर्छ भन्नुभयो । ‘‘साहित्य ऐना हो , तर ऐना पनि सफा हुनुपर्छ ’’ रावलले भन्नुभयो, ‘‘साहित्य यथार्थमा हुनुपर्छ , तोडमोड ग¥यो भने अनर्थ हुन्छ ।’’ उहाँले पुरस्कारको स्थापना गरेर स्वर्गिय रावलले समाजका लागि एउटा सकारात्मक सन्देश दिनुभएको बताउनुभयो ।
कार्यक्रममा सम्मानित साहित्यकार रिमालले न्याउला काली कर्णालीको ऐना हो भन्नुभयो । ‘‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउछ भन्ने पे्ररणाबाट पुस्तक लेखे ’’ रिमालले भन्नुभयो ,‘‘ संस्कृति जोगाउनु सबैको कर्तव्य हो ।’’
कार्यक्रममा नगर विकास समितिका पूर्ब अध्यक्ष रामचन्द्र शर्मा कट्टेल, साहित्यकार कैलाश नगार्जी , सामुदायिक पुस्तकालय का अध्यक्ष तारा प्रशाद जोशी , प्राज्ञिक समाजका पूर्ब अध्यक्ष धनकृष्ण उपाध्याय लगायतले विचार राख्नुभएको थियो । न्याउल्यामा रसालङ्कार पुस्तकका बारेमा डाक्टर योगेन्द्र बजगाईले समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष मीनबहादुर बिकले गर्नुभएको थियो भने सञ्चालन सचिब फणेन्द्रराज रेगमीले गर्नुभएको थियो ।
स्वर्गिय मोहन बहादुर रावलले आफ्ना बुवा नरपति ,आमा राजु र आफ्नो नाममा नर–राजु मोवरा नामाकरण गरेर यो पुरस्कारको
स्थापना गर्नुभएको हो । २०७१ सालमा एक लाख ५१ हजार रुपैयाको अक्षय कोष खडा गर्नुभएको छ । सोही रकमबाट आएको व्याज रकम बाट प्रत्यक बर्ष स्वर्गिय रावललको जन्म दिनमा पुरस्कार वितरण प्राज्ञिक समाज मार्फत गर्ने गरिएको छ ।
नेपाली साहित्यको बिभिन्न बिधामा योगदान पु¥याउनेहरु बाट छनौट गरेर पुरस्कार दिने गरिए को आयोजकको भनाई छ । स्वर्गिय रावल टीकापुर ६ नारायणपुरका बासिन्दा हुनु हुन्छ ।