नागरिकलाई तर्साएर शासन

सम्पदकीय
वर्तमान सरकार नागरिकलाई तर्साएर साशन गर्ने सोचमा लागेको छ । फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधान मन्त्री
परिषदबाट पास भएको छ । नागरिकले फेसबुक र टिकटक मार्फत वर्तमान व्यवस्थाको बिरुद्धमा आवाज उठाउन थालेपछि सरकार सामाजिक सञ्जाल
लाई अंकुश लगाउन उद्यत भयो । नागरिकलाई तर्साउने नीतिले सरकार बलियो हुँदैन । देश र जनतालाई लुटेर आफ्नो स्वार्थमा नेताहरु लिप्त भएपछि नागरिक सामाजिक सञ्जालमा बेदना पोखेर चित्त बुझाउन बाध्य थिए । नागरिक जसरी पनि चित्त बुझाउने पक्षमा थिए । सरकारको यस्तो हर्कतले नागरिकको आक्रोस बढ्ने निश्चित हो । नेपालमा नागरिकलाई तर्साएर सत्तामा बस्ने सोच बलियो हुँदै गएको छ । प्रजातन्त्र र गणतन्त्रका कुरा गर्ने तर आम नागरिक अहिले पनि प्रहरी र प्रशासन कार्यालयमा ढुक्क भएर जान सक्दैनन् । नागरिकले प्रशासन र प्रहरी कहाँ जाँदा ठालूहरुको सहयोग लिनुपर्ने बाध्यता अहिले पनि छ । प्रहरी र प्रशासन जस्तो अर्धन्यायीक सेवा पाउने ठाउँमा नागरिकको सहज पहँुच छैन । यस्तो दयनीय अवस्था छ तर सत्तामा बसेका नेताहरुलाई केही वास्ता छैन ।हिजो पञ्चायती व्यबस्था निरकुंस भयो भन्नेहरु सामाजिक सञ्जालबाट डराउन थालेका छन् । नागरिकले आफ्नो पीडा राख्दा डराउनेहरु सत्तामा किन बस्ने ? नागरिकको मन जित्नुको साटो तर्साएर साशन गर्न खोज्नु गलत हुन्छ । नागरिक सचेत हुन जरुरी छ । नागरिकले आफ्नो आवाज उठाउने सामाजिक सञ्जालाई नियन्त्रण गर्न खोज्नु गलत हो । सरकारको यो कदमका बिरुद्ध नागरिक एक भएर आवाज उठाउन जरुरी छ ।