नागरिकलाई निराश बनाउने छैन : मुख्यमन्त्री शाह

टीकापुर, २ जेठ/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले नागरिक लाई निराश बनाउने काम नगर्ने बताउनुभयो ।
नेपाली कांग्रेस कैलाली क्षेत्र न १ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री शाहले सान्र्दभिक र देखिने खालका योजना अघि ल्याएमा कार्यान्वयन गर्न सहज हुने बताउनुभयो ।
मुख्यमन्त्री शाहले टीकापुरमै हुर्केको, खेलेको, यहाँकै नागरिक सँग संगत गरेको मानिस भएकाले निराश नगर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टले पार्टी नेता तथा कार्यकर्ता लाई निर्देशन दिँदै संस्था विचार समूह भएकाले एक ठाउँमा बसेर मन्थन गर्न आवश्यक रहेको बताउनुभयो ।
भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले कैलाली निर्वाचन क्षेत्र नं। १ मा स्थानीय, प्रदेश र संघीय तीनै निर्वाचन हारेकाले विशेष मेहनत गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद ललिता सुनारले महिलाको सम्मान आवश्यक रहेको बताउँदै यतिखेर काँग्रेस नेतृ आरजु राणामाथि भइरहको हमला गलत भएको बताउनु भयो ।


क्षेत्रीय सभापति प्रकाश शाहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद बुद्धि सागर चौधरी, महासमिति सदस्य नवराज रावल, पूर्व महासमिति सदस्य फकिरसिंह कडायत, बिरबहादुर हमाल, पालिका सभापतिहरु टीकापुरका नरेश कुमार खत्री, जोशीपुर सभापति बंशराम बडायत, जानकीका सभापति गणेशराज रेग्मी, नेविसंघ कैलालीका अध्यक्ष मनिष कुँवर लगायतले बोल्नु भएको थियो ।
प्रदेश ‘क’ का सभापति परशुराम महत्तोले स्वागत गर्नु भएको कार्यक्रम क्षेत्रीय सचिव फकिर रिमालले गर्नुभएको        थियो ।
मुख्यमन्त्रि शाहको टोलीले टीकापुर नगरपालिका, विरेन्द्र विद्या मन्दिर मावि र क्याम्पसको अनुगमन समेत गरेको  थियो ।