सम्पादकीय
२०७२ को घटनाबाट जति टीकापुर क्षतबिक्षत भएको छ त्यति अरु क्षेत्रलाई केही भएको छैन । अधिकार माग्नेबेला भएको घटनाका बारेमा नानाथरी कुरा गरेर केही फाइदा छैन । घटनामा जेलबन्दीहरुले के पाए ? केहीले जनप्रतिनीधि हुने अवसर पाए भने धेरैले दुख मात्र पाए । दुख पाएकाहरुले केही पाएनन् । बाठा मान्छे २०७२ को आन्दोलले जन्माएको भावनालाई भजाएर जनप्रतिनीधि भए । यसरी जनप्रतिनीधि भएकाहरु मध्य अधिकांस आफ्नो स्वार्थमा लिप्त छन् । एक अर्काको अस्तित्व स्विकार्न सक्ने अवस्थामा छैनन् भने जनप्रतिनीधिले गर्नुपर्ने काम भन्दा कमाउ धन्दामा लागेका छन् । जातीय आन्दोलनले केहीलाई सुबिधा खाने ठाउँमा त पु¥यायो तर आम भोटरले के पाए ? आम नागरिकले पाउने भनेकै विकास र सद्भाव हो । यो दुबै बिषयमा नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनीधि गम्भिर छैनन् । बाटोमा हिड्दा हिड्दै आन्दोलनको अगुवा रेशम चौधरीको नाम भजाएर निर्बाचन त जिते तर आफ्ना भोटरको भावना बुझ्ने प्रयास गरेको पाइदैन । निर्बाचन भएको दुई बर्ष भयो टीकापुरले केही पाएन । टीकापुर क्षेत्रले जातीका जनप्रतिनीधि त पायो तर विकास पाएन । आन्दोलनबाट टीकापुरले बेहोरेको क्षति बारे ध्यान दिएको पाइदैन । निर्बाचित जनप्रतिनीधिहरुले एउटा मूल एजेण्डा बनाएर यो क्षेत्रको विकासमा लागेको भए २०७२ को आन्दोलनको गरिमा अझ बढ्ने थियो । एउटा आन्दोलनबाट जन्मिएको पार्टीले साख बचाउनुको साटो आफैमा लडेर बिभाजित भएका छन् । पुरानाले जे गरे नागरिक उन्मुक्ति पार्टीले पनि त्यही गर्दैछ । तसर्थ नागरिक उन्मुक्ति पार्टी जिम्मेवार हुन जरुरी छ । यो अवसर पटक पटक आउदैन । टीकापुरलाई भएको क्षति भर्पाइ गर्ने सवालमा सबैसंग मिलेर काम गर्न जरुरी छ । विकास एकल एजेण्डा बनाएर नागरिक उन्मुक्ति पार्टीका नेता र जनप्रतिनीधिले काम गर्न जरुरी छ ।