निर्बाचनमा जनता सचेत हुन जरुरी छ

सम्पादकीय
जब जब निर्बाचन आउँछ तब तब नेताहरुले बिपन्न बस्तीको याद गर्छन् । निर्बाचनका बेला बिपन्न बस्तीमा मासु ,चिउरा र आर्थिक लोभ देखाउने गरेको पाइन्छ भने केही ठालूहरुलाई पैसाको लोभमा भोट खसाल्ने दलालको रुपमा बुझिएको हुन्छ । नागरिकका समस्या समयमै बुझ्ने प्रयास गरेको भए निर्बाचनमा बिपन्न बस्तीमा गएर चिउरा , मासुको कुरा गर्नुपर्ने थिएन । बिपन्न र निम्न मध्यम बर्गको भोट संख्या बढी हुन्छ । तर यि दुबै बर्ग अघिपछि ठगिएका हुन्छन् । भोट हाल्नेबेला यताउता सोच्नु भन्दा ५ बर्षमा कसले के ग¥यो भनेर सोच्न सक्ने क्षमता बिपन्न बस्तीमा नहुँदा नेताहरुले लाभ लिँदै आएका छन् । नागरिकका समस्याका बारेमा सचेत नहुने राजनीति संस्कारले समाजमा द्वन्द बढ्दै गएको छ भने देशको अर्थतन्त्र तहस् नहस् भइरहेको छ । बिपन्न बस्तीको भोट चाहिन्छ भन्ने थाहा हुँदाहुँदै राजनीतिक दलहरु गम्भिर छैनन् । पिबन्न बर्गलाई दैनिकको समस्या छ । गास, वास कपास, शिक्षा,स्वास्थ्य र रोजगार जस्ता आधारभूत कुरा त नेताहरुले संबिधानमा ग्यारण्टी गरिदिएका छन् उपलव्ध गराउनै परेन । संबिधानमा लेखिदिने अनी सेवा नदिने राजनीति नेपालमा फस्टाएको छ । संबिधान उत्कृष्ठ बनाउने काम सिन्को नभाच्ने संस्कार गणतन्त्रमा देखिन थालेको छ । जे होस् गणतन्त्रमा नागरिकका समस्या थपिदै गएका छन् सत्तामा बस्ने नेताहरु जनतालाई आश्वासन दिने बाहेक केही काम गर्दैनन् । निर्बाचनका बेला जनता सचेत हुने हो भने नेताहरुले सबक सिक्ने थिए । पार्टी कव्जा गरिरहने र सत्तामा गएपछि आसेपासे मोटाउने काम बाहेक अरु केही नभएपछि पछिल्लो समय जनताले नेताहरुलाई लखेट्न थालेका छन् । जनताले लखेट्ने कुरा थाहा पाएपछि निर्बाचनमा गठबन्धन कुरा ल्याएका छन् । यो गठबन्धन होस् या अघिल्लो पटक माओवादी र एमालेको गठबन्धन केवल आफ्नो सत्ता स्वार्थ पुरा गर्न मात्र हो । यसरी गठबन्धन गर्दा पनि स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । यसबाट प्रष्ट हुन्छ राजनीतिक दलका नेताहरुको अवस्था । तसर्थ मसिंरमा हुने निर्बाचनमा कसैले पनि आफ्नो मत खेर फाल्नु हुूदैन । विकास गर्न सक्ने र सफल नेतृत्वलाई बिजयी गराउनुपर्छ । मासु , चिउरामा भुलेर कसैले पनि भोट हाल्नु हुँदैन ।