नेताहरुमा जवाफदेहिता भएन

सम्पादकीय
बिहिवार संसदमा देखिएको दृष्य आम नागरिकले पत्याएनन् होला । सांसदले प्रश्न गर्ने अनी प्रधानमन्त्री प्रचण्डले जवाफ दिने दृष्य जनतालाई भुल्याउनका लागि मात्र हो भनेर सहज रुपमा अनुमान गर्न सकिन्छ । नागरिकलाई ठग्दै आफु शासन गर्ने शैलीको फरक रुप हो प्रश्न उत्तर कार्यक्रम । प्रधानमन्त्री प्रचण्डले दरबार हत्या काण्ड देखि सबै काण्डको छानविन गर्ने बताएका छन् । सांसदले सोधेका प्रश्न सहज रुपमा प्रचण्डले दिएका छन् । उत्तर दिंदा प्रचण्ड कति गम्भिर छन् भन्ने हो । सांसदहरुले सोधेको उत्तर सहज रुपमा दिनु र नेताले नेपाललाई स्विजरल्याण्ड बनाउँछौ भन्नुमा केही फरक छैन । जे बोले पनि हुन्छ भन्ने मानसिकताको प्रष्ट झल्को संसदमा थियो । संसदमा बोलेका कुरा एक एक गरी कसरी लागु गर्ने भन्ने कुनै योजना छैन तर प्रचण्डले जवाफ दिंदा सबै कुराको समस्या गर्छु भनेका छन् । अहिलेसम्मको व्यबहार हेर्ने हो भने नेपालका नेताको बोलीमा बिश्वास गर्ने वातावरण छैन । गणतन्त्रमा चरम व्यतिथी जनताले बेहोर्नु परेको छ । मुलुक आर्थिक संकटमा छ तर नेताहरु आर्थिक संकट छैन भन्दै ठग्ने गरेका छन् । आज कानून हातमा लिएर नेताहरु शासन गरिरहेका छन् । नेताहरुको श्रीमती र छोरा छोरी मुलुक लुट्नमा व्यस्त छन् । शक्तीका आडमा मुलुकमा आतंक सृजना गर्ने काम भएको छ । व्यक्तिको शासनलाई महत्व दिएर काम गर्दा हरेक क्षेत्रमा अराजकता मच्चिएको छ । हरेक काण्ड बाहिर आउँछन् तर सामसुम हुने गरेका छन् । यसरी मनपरी शासन गर्दै आएका नेताहरुले जनतालाई सहजै ठग्न सकिन्छ भन्नेमा छन् । जनतालाई भुल्याउन पल्केका नेताहरुले संसदमा अर्को फण्डा देखाएर नेताहरु सच्चिन थालेको भ्रम छर्ने प्रयासमा लागेका छन् । केवल भ्रमको खेतीमा पल्केका नेताहरु यतिखेर भुटानी शरणार्थी प्रकरण ढाकछोप गर्न प्रश्न उत्तरको नाटक गर्दै छन् । जनता सचेत छन् । जनताले सडक छाड्नु हुँदैन ।