टीकापुर, ५ पौष/नेपाली कांग्रेस क्षेत्र नम्बर १ अन्तर्गत ३ वटा वडामा शुक्रवार कार्यक्रम भएका छन् ।
भजनीको ६ र ८ तथा टीकापुर को वडा नम्बर ६ मा सय दिने बिशेष अभियान अन्तर्गत वडामा कार्यक्रम भएको नेपाली कांग्रेसका पूर्ब जिल्ला सहसचिब चिरञ्जीवि खनालले बताउनुभयो ।
भजनीको ६ र ८ नम्बर वडा का कार्यकर्तालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय सुनुवाई समितिका सभापति इश्वरी देबी न्यौपानेले कांग्रेसले आफुले गरेका काम जनतालाई जानकारी नगराउँदा समस्या भएको बताउनुभयो । ‘‘कांग्रेसको पहल आएका योजना हुन् या अन्य काम अर्कै पार्टीले दाबी गर्दा चुपचाप बस्ने प्रबृत्ति छ , ’’ न्यौपानेले भन्नु भयो,‘‘२०७२ को घटनाबाट उत्पन्न द्वन्दलाई न्यूनिकरण गर्न कांग्रेसले भूमिका खेल्यो , क्षतिपूर्ति को सवालमा कांग्रेसकै गृहमन्त्री हुँदा ६० देखि ८० प्रतिशत रकम दिएको हो । थारु समुदायको भावना कांग्रेसले बर्षाै देखि बुझ्दै आयो तर पछिल्लो समय बहकाउमा लाग्दा जनता ठगिन पुगेका छन् भन्नुभयो । उहाँले नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनीधि र पार्टीले देखाएको व्यबहारले आम नागरिक दुखि भएको उहाँको भनाई थियो । ‘‘जातका आधारमा जन प्रतिनीधि छान्दै जाने हो त्यो ठाउँको विकास हुँदैन । ,’’ न्यौपानेले भन्नुभयो । कार्यबहाक वडा सभापति सोमेन्द्र चौधरीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य तथा प्रतिनीधि टंक जोशी र श्रीपाल चौधरीले अभियानका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा जिल्ला सदस्य तथा भजनी नगरपालिकामा २०७९ का उपप्रमुखका उमेदवार गोकेन्द्र भण्डारी , पूर्ब जिल्ला कोषाध्यक्ष सेवकराम चौधरी, पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, थारु संघका केन्द्रिय सदस्य लोकेन्द्र चौधरी ,महिला संघ कैलाली कोषाध्यक्ष निर्मला कडायत,भजनी नगरका सह सचिब अनिता चौधरी,स्थानीय नेता बन्धाराम थारु लगायतले पार्टीको अवस्था र पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा बोल्नुभएको थियो ।
स्वागत वडा नम्बर ६ का सभापति रामजीवन चौधरीले गर्नुभएको थियो भने सञ्चालन सचिब चन्द्रा कुश्मीले गर्नुभएको थियो ।
यसै गरी केन्द्रिय सदस्य न्यौपानेले जानकी ४ मुनुवाका कार्यकर्तासंघ भेटघाट गर्नुभएको छ ।
भेटमा न्यौपानेले नागरिकले उठाएका मुद्धा जतिसक्यो सम्बोधन गर्ने आश्वासन दिनुभयो । स्थानीय स्तरमा व्यापक बेथिति भएको गुनासो न्यौपानेसंग गरेका थिए ।