टीकापुर, १७ भाद्र/नेपाली काँंग्रेसका क्षेत्र नम्बर १ का पूर्व महाधिवेशन प्रतिनिधि रणबहादुर साउँदको निधन भएको छ । साउँदको उपचारका क्रममा शनिबार कोहलपुरमा निधन भएको हो । उहाँको आइतवार कर्णाली नदीमा दाहसंस्कार गरिएको छ ।
दाहसंस्कार अघि नेपाली कांग्रेसका पूर्व महासमिति सदस्यद्वय फकिरसिंह कडायत र जंगबहादुर साउँद, पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, जिल्ला सदस्य शेरबहादुर साउँद र महिला संघ जिल्ला कोषाध्यक्ष निर्मला कडायतले नेपाली कांग्रेस को झण्डा ओढाएर श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो । स्वर्गिय साउँद मृर्गौला रोगबाट केही समय देखि ग्रसित हुनु हुन्थ्यो ।
स्वर्गिय साउँदका दुई श्रीमती, चार छोरी र ५ छोरा हुनुहुन्छ । टीकापुर ८ निवासी साउँद तत्कालिन धनसिंहपुरका विभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्छ । राष्ट्रिय आधारभूत विद्यालयका संस्थापक शिक्षक स्वर्गिय साउँद त्रिभुवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएर काम गरिसक्नुभएको हो ।
‘‘समाजको इमान्दार र निष्ठावान नेताले हामीलाई सदाका लागि छाडेर जानुभएको छ’’, जिल्ला सदस्य शेरबहादुर साउँदले भन्नुभयो, ‘‘पार्टीमा लाग्नुभयो तर यो वा त्यो गुनासो गरेको थाहा पाएन ।’’
समाजमा निरन्तर लगानी गरेको व्यक्ति गुमाउँदा पार्टी र समाजलाई ठूलो क्षति भएको साउँदले बताउनुभयो ।
‘‘पछिल्लो समय पार्टीमा लाग्ने बित्तिकै अवसर खोज्ने र केवल स्वार्थमा केन्द्रीत हुने अहिलेको राजनीति बाट स्वर्गिय साउँद दिक्क हुनु हुन्थ्यो’’, जिल्ला सदस्य साउँदले भन्नुभयो ।