नेपाली कांग्रेसको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

टीकापुर २७ भाद्र/नेपाली कांग्रेस जानकी गाउँपालिकाले आइतवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस का केन्द्रिय सदस्य रामजनम चौधरीले कांग्रेसले निर्माण गरेका विकास संरचनामा उभिएर कांग्रेस ले के ग¥यो भन्नेहरुलाई कार्यकर्ताले जवाफ दिनुपर्छ भन्नुभयो । ‘‘कांग्रेसले खडा गरेका बिद्यालय, स्वास्थ्य चौकी,पक्की सडकमा उभिएर कांग्रेसले के ग¥यो भन्ने रु’’ चौधरीले भन्नुभयो,‘‘ कांग्रेस ले बलिया बनाएका सञ्चार माध्यमबाट कुरा गर्दै कांग्रेसले के ग¥यो भन्ने प्रश्न गर्न लाज लाग्नुपर्ने हो ।’’


उहाँले कांग्रेसले अरुण तेस्रो जस्तो आर्थिक कायापलट गर्ने योजना ल्याउँदा कम्युनिष्ट भन्नेहरुले अबरोध गरे भन्नुभयो । ‘‘अरुण तेस्रो ल्याउँदा अवरोध गर्ने,मेलम्ची ल्याउँदा हास्ने बामपन्थी साथीहरुकै कारण देशको प्रगति हुन सकेन,’’ पूर्ब मन्त्री समेत रहनु भएका केन्द्रिय सदस्य चौधरीले भन्नुभयो,‘‘कांग्रेसलाई जनताले साथ दिए मात्र प्रजातन्त्र बलियो हुन्छ र आर्थिक सुधार हुन्छ ।’’
नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरीले कसैलाई गाली गर्नु भन्दा पनि नेपाली कांग्रेसका नेता कार्यकर्ताले कंग्रेसले गरेका कामको बारेमा जनतालाई बुझाउन सके निर्बाचन जितिन्छ भन्नुभयो । ‘‘२०७२ को घटनाको सबै जिम्मेवारी कांग्रेसले लिनुपर्छ,’’ चौधरीले भन्नुभयो ,‘‘ रेशम चौधरी लगायत सबै राजबन्दीहरु लाई छुटाउने पहल कांग्रेसले गर्नुपर्छ ।’’ उहाँले नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी लगायतका राजबन्दीलाई छुटाउन नसक्ने भन्दै देशको जिम्मेवार पार्टी नेपाली कांग्रेसले थारु समुदायका मुद्धामा गम्भिर हुनुपर्छ भन्नु भयो ।
सभाषद् बुद्धिसागर चौधरीले प्रजातन्त्र ल्याउन देखि बचाउन सम्म कांग्रेसको भूमिका भएकाले जनता कांग्रेसबाट टाढा हुनुपर्ने कारण छैन भन्नुभयो । उहाँले पछिल्लो समय कांग्रेसले सहज रुपमा काम गर्न नपाएकाले केही अन्योलता छाएको मात्र हो भन्दै नेपालका बामपन्थीहरुमा देशको प्रगति र प्रजातन्त्रको रक्षा हुन नसक्ने बताउनुभयो ।
सभापति गणेशराज रेग्मीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश सदस्य काशीराम देबकोटा , महाधिबेशन प्रतिनीधि सूर्य बहादुर बटाला र गंगा देबि चौधरी , पूर्ब महासमिति सदस्य धर्मराज न्यौपाने, जिल्ला सदस्य शुभनाथ देबकोटा,पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी , नेपाल महिला संघ जिल्ला कोषाध्यक्ष निर्मला कडायत लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सञ्चालन सचिब श्याम चौधरीले गर्नुभएको थियो ।