नेपाली कांग्रेस टीकापुर नगर कार्यसमितिको वार्षिक नगर सम्मेलन

टीकापुर, १७ बैशाख/नेपाली कांग्रेस टीकापुर नगर कार्य समितिको वार्षिक नगर सम्मेलन भएको छ ।
सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रामजनम चौधरीले यति बेला नेपाली कांग्रेसमा यूवालाई बढी भन्दा बढी जिम्मेवारी दिने, कांग्रेसबाट पालयन हुने नेता कार्यकर्तालाई कसरी रोक्ने र नेपाली कांग्रेस लाई अगामी दिनमा कसरी अगाडी बढाउने विषयमा आम नेता कार्यकर्ताको धारणा बनि रहेको बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसको कैलाली क्षेत्र नम्वर १ को हकमा यूवाहरुको राम्रो उपस्थिति रहेको, यहाँ कुनै गुट उपगुट नरहेको बताउनु भयो । उहाँले यस भन्दाको पहिलेको निर्वाचन मा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई विकास भएन भनेर गाली गथ्र्यो तर अहिले आफुले आफैंलाई गाली गर्नुपर्ने स्थिति सृजना भएकोले अगामी दिनमा नेतृत्व तहवाट सुधार हुनका लागी प्रशिक्षणको अवश्यकता रहेको बताउनुभयो ।


सम्मेलनमा नेपाली काँग्रसका नेता तथा सुदुरपश्चिम प्रदेश सभाका सदस्य ललिता सुनरले सुदुरपश्चिम प्रदेश सरकारले पुर्णता नपाएकाले आफुले गरेका प्रतिबद्धता अहिले ज्यूकोत्ययू रहेको बताउनु भयो । उहाँले केहि दिनमै सरकारले पुर्णता पाउँने लगत्तै कार्यक्रम अगाडी बढ्ने भएकाले नआत्तिन नगरिकलाई अनुरोध गर्नुभयो ।
उहाँले प्राथमिक्ताका साथ हरेक वडा स्तरवाट योजना पठाउन अनुरोध गर्नुभयो । उहाँले यस वर्ष २० प्रतिशत वजेट घटेर आएको र भएको कार्यक्रम पनि समयमा सम्पन्न नहुनु समस्या रहेको बताउनुभयो ।
सम्मेलनमा नेपाली काँग्रसका नेताहरु नवराज रावल, गीता कठरिया, भिम बडुवाल,नृप सुनार, प्रकाश शाह, फकिरसिंह कडायत लागाएतले बोल्नु भएको थिए ।
नेपाली काँग्रसमा लामो समय देखि योग्दान गरेका नेताहरुको मुल्यांकन गर्दै ९ ९नौ० जनालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ ।
सम्मनित हुनेमा नेत्रा देवि थापा, बाबुराम रावत, सन्तराम चौधरी, काशिनाथ उपाध्याय, झनकराज उपाध्याय, तुलाराम डगौंरा थारु, कविराम कोइराला, जुगराम चौधरी र बाँधुराम चौधरी रहेका छन् ।
नगर सभापति नरेश कुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रकाश शाहले गर्नुभएको थियो ।