नेपाली कांग्रेस प्रदेशसभा सम्मेलन सम्पन्न

टीकापुर, २३ बैशाख/नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश ‘क ’ को सम्मेलन शुक्रवार भएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा सांसद इश्वरी न्यौपानेले हामी सुध्रन जरुरी छ भन्नुभयो । ‘‘जनताको सुखदुखमा खटिन जरुरी छ ,’’ न्यौपानेले भन्नुभयो ,‘‘ जनता कांग्रेसबाट अलग किन हुँदैछन् भन्ने बारेमा निर्मम छलफल हुनुपर्छ ।’’ पार्टीको आन्तरिक निर्बाचनलाई इगो बनाउँदा स्थानीय, प्रदेश र संघको निर्बाचन हार्नुप¥यो भन्दै न्योपानेले साना तिना मतभेद बिर्सन जरुरी छ भन्नुभयो ।‘‘ कांग्रेसको करिब ८० बर्षको इतिहास छ, कतिबर्ष काम गरेपछि कहाँ पुगिन्छ भन्ने बारेमा अन्योल हुँदा युवाहरुको नयाँ पार्टी प्रति आकर्षण बढेको हो ,’’ सांसद न्यौपानेले भन्नु भयो ,‘‘ युवाहरुलाई आकर्षण गर्ने कार्यक्रम ल्याउनुपर्छ ।’’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले कांग्रेस प्रति बितृष्ण बढेको बताउँनुभयो । उहाँले रबी लामिछानेले उठाएका बिषय कांग्रेसले समयमै उठाएको भए स्वतन्त्र पार्टीको आवश्यक्ता पर्ने थिएन भन्नुभयो । उपनिर्बाचनमा नेपाली कांग्रेसका दुई महामन्त्री लाई जनताले नपत्याएको तर्क गर्दै हरेकले समिक्षा गर्नुपर्ने बताउँनुभयो ।
प्रदेश सभापति परशुराम महतौंको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्र, सभाषद बुद्धिसागर चौधरी, जिल्ला सभापति नारायणदत्त भट्ट, प्रदेश सदस्य ललिता सुनार , महा समिति सदस्य नवराज रावल, महाधिबेशन प्रतिनीधी बृषबहादुर रावल, नगरसभापति नरेश कुमार खत्री, जानकीका सभापति गणेश रेग्मी , जोशीपुरका सभापति बंसराम बडायक र स्ववियू सभापति नृपबहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत उपसभापति देबनारायण चौधरीले गर्नुभएको थियो ।