टीकापुर, १६ जेठ/नेपाली कांग्रेस टीकापुर नगरपालिका वडा नम्बर ४ ले मंगलबार वडा सम्मेलन गरेको छ ।
सम्मेलनमा नेपाली कांग्रेसका नेता फकिर सिंह कडायतले संगठन बलियो बनाएर आम निर्बाचन जित्ने वातावरण बनाउन आग्रह गर्नुभयो । वडा नम्बर ४ मा वडाध्यक्षको मनपरिले जनता आक्रोशित छन् जनभावना बुझेर जनताको पक्षमा बोल्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो ।
नेपाली कांग्रेसका महासमिति सदस्य नवराज रावलले टीकापुरमा भएका हरेक विकासमा कांग्रेसको योगदान छ भन्दै जनतालाई विकासका बारेमा बुझाउन जरुरी छ भन्नुभयो । उहाँले पार्टीका लागि सबै इमान्दार बन्न जरुरी छ भन्दै आम निर्बाचनमा पार्टीको उम्मेदवारका बिरुद्ध लाग्नेलाई सबैले चिनेका छन् भन्नुभयो । नगरपालिकामा होस् या वडामा जनप्रतिनीधिहरु पूर्ण रुपमा असफल भएको रावलको भनाई थियो ।

क्षेत्रीय सभापति प्रकाश शाहले नेपाली कांग्रेसका जनप्रतिनीधि जिम्मेवार नहुँदा समस्या भएको बताउनुभयो । पार्टीबाट निर्बाचित जनप्रतिनीधिलाई सल्लाहामा बोलाउँदा २ दिन लाग्छ भन्दै शाहले जनताका सवालमा काम गर्न पार्टी र जनप्रतिनीधि छलफल गर्ने प्रयास गरेपनि सफल नभएको गुनासो गर्नुभयो ।
वडासभापति समबहादुर शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला सदस्य टेकेन्द्र धामी, पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, पूर्ब जिल्ला सदस्य कलावती कार्की,नगर सचिब तथा नगर प्रतिनीधि प्रकाश शाह र तरुण दलका क्षेत्रीय सभापति कल्पेश कुवँर लगायतले शुभकामना मन्तव्य राख्दै वडा नम्बर ४ मा वडाध्यक्षले गरिरहेको ज्यादती ले जनता आक्रोशित भएको अवस्थामा कांग्रेसले जनताको पक्षमा काम गर्न जोडदिनुभयो ।
कार्यक्रममा स्वागत उपसभापति गोरे गडौंरा थारुले गर्नुभएको थियो भने सञ्चालन सचिब पविन कोइरालाले गर्नुभएको थियो । यसै गरी मंगलबार नै टीकापुर वाड नम्बर ३ को वडा सम्मेलन पनि भएको छ ।
तीनजनालाई सम्मान
वडा सम्मेलनको अवसर पारेर नेपाली कांग्रेसमा योगदान पुर्याउनुभएका तीन जनालाई सम्मान गरिएको छ ।
काशिराम उपाध्याय,लायकराम चौधरी र कर्ण बहादुर कार्कीलाई सम्मान गरिएको हो ।
सम्मान पाउनु भएका तीनैजना बर्षौ देखि निरन्तर कांग्रेसमा रही समाजमा योगदान पु¥याउने व्यक्ति हुनुहुन्छ ।