नेपाल कपडा तथा सिलाई व्यवसायीसंघ नगर कमिटि टीकापुरको कार्यालय स्थापना

टीकापुर, १६ भाद्र\नेपाल कपडा तथा सिलाई व्यवसायीसंघ नगर कमिटि टिकापुरको कार्यालय स्थापना भएको छ । टीकापुर नगरपालिका वडा न। १ का वडा अध्यक्ष मोहन विकले रिवन काटेर कार्यलयको उद्घाटन गर्नु भएको हो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ नगर कमिटि टीकापुरका अध्यक्ष डम्बर तिखातरिको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा न।१ का वडा अध्यक्ष मोहन विक प्रमुख अतिथि रहनु भएको थियो भने टीकापुर नगरपालिका कार्यपालिका सदस्य रामबहादुर नगार्जी विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विकले हिजोको दिनमा दलित समुदायको पुख्यौली पेशाका रुपमा हेरिने यो पेशालाई आज म¥यादित  पेशाका रुपमा हेरिन थालेको बताउनु भयो । उहाले महिलाहरु को सबै भन्दा बढि रुचाएको पेशा भएकोले पनि योजना छनोटमा सबै भन्दा बढि मागका रुपमा आउने गरेको बताउनु भयो ।वडा न। १ को कार्यालयले धेरै महिलाहरुलाई सिलाई कटाई तालिम प्रदान गरी स्वरोजगार बनाएको बताउनु भयो ।
टीकापुरमा थुप्रै व्यवसायी रहे पनि धरै व्यक्तिहरुले आफनो सिपको परिक्षण नगराएको बताउनु भयो । आपुमा रहेको सिप परिक्षण गरि प्रमाणपत्र लिएमा राज्यले उपलब्ध गर्ने अन्य सेवा सुविधा पनि उपभोग गर्न पाउने भएको सबैलाई सिप परिक्षण गराई प्रमाणपत्र लिन सुझाव दिनु भयो ।
हरेक वर्ष सिटिईभिटी लगायत विभिन्न संघसंस्थाले सिप परिक्षण का कार्यक्रम गर्ने भएकाले  कमिटि ले पहल गरे आफु उहांहरुको सिप परिक्षण गर्न सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा टीकापुर नगरपालिका नगर कार्यपालिका सदस्य रामबहादुर नगार्जी, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पूर्व जिल्ला उपाध्यक्ष मिनबहादुर ठनाल, लगायतले संस्था लामो समयदेखि कार्यलय विहीन रहेको र अब व्यवस्थित तरिकाले कार्यालय संचालन हुंदा संस्थाको गतिविधी मा सहजता आउनेमा जोड दिनु भयो ।