पद्मप्रकाशेस्वर मन्दिरलाई कम्प्युटर सेट हस्तान्तरण

टीकापुर, १६ जेठ/टीकापुर नगरपालिका वडा नं। ७ स्थित पद्मप्रकाशेस्वर मन्दिरलाई मेयर उपमेयर कार्यक्रम अन्त्रगत कम्प्युटर सेट हस्तान्तरण गरिएको छ ।
एक कार्यक्रम बिच टीकापुर नगरपालिका का उपमेयर खड्क बहादुर शाह ले मन्दिर ब्यवस्थापन समितिलाई कम्प्युटर र प्रीन्टर हस्तान्तरण गर्नुभएको हो ।


कम्प्युटर र प्रिन्टर हस्तान्तरण पछि ऐतिहासिक महत्व भएको मन्दिरलाई आवश्यक डकुमेन्ट र कागजपत्रहरु राख्न समस्या भएको थियो अब सहज हुने मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष नरेन्द्र नाथ सिंहले बताउनुभयो । कम्प्युटर र प्रीन्टर हस्तान्तरण पछि शाहले ऐतिहासिक महत्व बोकेको मन्दिरको संरक्षणको लागि स्थानीयको भुमिका महत्वपूर्ण भएको बताउदै कागज पत्रहरु मिलाएर राख्न र संचार र प्रबिधि सङ्ग जोडीन सहज होस् भनेर सामाग्रीहरु हस्तान्तरण गरेको बताउनुभयो ।
मन्दिरको शिबलिङ्ग पुर्ब तर्फ फर्किएको र नेपालको सबैभन्दा ठुलो र दुर्लभ शिबलिङ्ग ऐतिहासिक र पुरातत्व सम्पदामा सुचिकृत रहेको मन्दिर र विश्व सम्पदा सुचिमा सुचिकृत हुने प्रक्रिया मा रहेको मन्दिरको सबैले संरक्षण गर्नुपर्ने साबिक नारायणपुर गाबिसका अध्यक्ष फकिर सिंह कडायतले बताउनुभयो ।