पार्टीको अन्तर कलहले टीकापुरमा समस्या

सम्पादकीय
टीकापुरको समाज द्वन्दमा फसेको छ तर कलह भुषको आँगो झैं छ । यो कतिबेला छताछुल्ल हुन्छ त कहिले सुसुप्त हुन्छ । विकासका लागि भन्दा पनि आफ्नो स्वार्थमा लागेकै कारण टीकापुर द्वन्द्वमा फसेको हो । संघ संस्थामा जानका लागि होस् या जनप्रतिनीधि बन्नका लागि होस् जसरी पनि आफु र आफ्नो समुहको सदस्यले अवसर पाओस् भन्ने संकुचित मानसिकताले आपसमा तिक्तता बढ्दै गएको छ । निर्बाचनमा मत दिदा बिचार र राम्रो मान्छे खोज्नु भन्दा आफ्नो मान्छे रोज्ने प्रबृत्तिका कारण गलत मान्छेले फाइदा उठाइरहेको अवस्था छ । निर्बाचन हुन थालेको मन्दिर मन्दिरमा बाडिने प्रचलन बढ्दै गएको छ । यसले गर्दा टीकापुरका संघ संस्था हुन् या नगरपालिकाले प्रदान गर्ने सेवा प्रभावकारी छैनन् । निर्बाचनमा पार्टीका उम्मेदवारलाई भोट हाल्नुको साटो अर्काे पार्टीलाई सहायेग गर्ने अनी पार्टीको नेता हुँ भन्दै सम्मान खान खोज्नेहरुको भिड बढ्दै जाँदा टीकापुरमा कांग्रेस र एमालेमा संमस्या बढ्दै गएको छ । पछिल्लो समय यो रोग माओवादी केन्द्रमा पनि लाग्न थालेको छ । बिचारको भोट नदिने अनी नेता हुँ भन्नेहरु समस्या भएका छन् । अवसर पाएका नेताहरु पनि अधिकांस बद्नाम छन् । यसरी बद्नाम भएका नेताहरु आफु केही नहुने निश्चित भएपछि अरुलाई पनि हुन नदिने मनस्थितीमा पुगेका छन् । यस्तो सोच भएकाहरु हाबी भएको समाज कस्तो होला ? अवसर पाएका बेला काम नगर्ने र बद्नाम भएकाहरुले समाजको अगुवा भन्दै अरुलाई धारेहात लगाएपछि कसरी पार्टीमा होस् या समाज एक ढिक्का हुन्छ ? समाजलाई जात र क्षेत्रीयतामा बाडेर भाडभैलो गर्ने अनी दोष अरुलाई थुपार्ने प्रचलन छ । जनताको काम नगर्ने र सुबिधाभोगी समाजसेवीलाई सम्मान खान मन छ तर जनताको भावना बुझेर काम गर्न जाँगर छैन ।राम्रो नराम्रो छुट्याउन भन्दा कता नाफा हुन्छ त्यसैको बारेमा वकालत गर्ने बुद्धिजिवी छन् । टीकापुरमा विकासको बाधक भ्रष्ट र स्वार्थिहरु छन् भन्ने थाहा छ तर मुख खोल्न तयार छैनन् । काम नगरेर गुजरागर्नेहरु सामाजिक अगुवा भएपछि झगडा हुनु स्वभाविकै हो । उपभोक्ता समितिमा बस्न मरिहत्ते गर्छन् अनी कसरी विकासका बारेमा बोल्न सक्छन् ? तसर्थ टीकापुरबासी गम्भिर हुन जरुरी छ । टीकापुरको विकास भए मात्र टीकापुरमा बस्नेहरुको अवस्था सुधार हुने हो । टीकापुरको विकास टीकापुरबासी आफैले गर्ने हो त्यसैले छवि बचाएकाहरुलाई अघि बढाउने काम समाजको हो ।