पार्टी र अखिल नेपाल शिक्षक संगठनका कार्यक्रममा सहभागि नहुने घोषणा

टीकापुर, ९ असोज/अखिल नेपाल शिक्षक संगठनका अभियान संयोजक एंब निवर्तमान केन्द्रिय उपमहासचिब सुमन कुमार न्यौपाने सहित ८ जनाले पार्टी र शिक्षक संगठनका कार्यक्रममा सहभागि नहुने भन्दै स्वतन्त्र रहने घोषणा गर्नुभएको छ । शनिबार प्रेश बिज्ञप्ती जारी गर्दै न्यौपाने सहितका शिक्षक र कर्मचारीले स्वतन्त्र बस्ने जानकारी गराउनुभएको हो । बिज्ञप्तीमा अभियानका सदस्य एंव केन्द्रिय सचिवालय सदस्य बिक्रम चौधरी, केन्द्रिय सदस्य टेकबहादुर चन्द, सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष रतन प्रशाद जैशी, प्रदेश अर्थ महासचिब धौल सिंह जागरी, सचिब गंगादत्त भट्ट, सदस्य कर्णबहादुर भण्डारी र जिल्ला सहसचिब कञ्चनपुरका महेशराज भट्टले सयुक्त हस्ताक्षर गर्नुभएको छ ।
‘‘संगठनमा व्यक्तिवादी र गुटगत प्रबृत्ति हाबी हुूदै गएको छ , गलत गतिबिधीले संगठनको विकास र विस्तारमा बाधा अड्चन आउने कुराको सचेत गराउँदा गराउँदै पनि अटेरिपनबाट वर्तमान नेतृत्व अगाडी बढिरहेकोले हामीले समस्या समाधान गर्न सुदुरपश्चिम पार्टी समक्ष पनि पटक पटक बिषय राख्यौं ,’’ बिज्ञप्तीमा भनिएको छ ।
साथै उक्त बिज्ञप्तीमा भदौं २५ गतेको सयुक्त बैठकको छलफल बाट आसेज महिनाको पहिलो हप्ता भित्र पुनः मिहिन छलफल गरि समस्या समाधान नहुूदासम्म संगठनको कुनै पनि भेला , अधिवेशन सञ्चालन नगर्ने सहमति हुँदा हूँदै पनि पार्टी निर्देशनको मुल्य र मान्यतालाई वेवास्ता गरेको र पार्टीले पनि ठोस निर्देशन दिन नसकेको बताइएको छ ।