पुस्कर डिजे ले सगरमाथा युथ क्लब ‘बि’ लाई १ का विरुद्ध ६ गोलले पराजित

गणेश क्षेत्री

टीकापुर, ८ माघ/कैलालीको टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा जारी माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिता दोश्रो दिन सम्पन्न भएको छ । सगरमाथा युथ क्लब बटनपुरको आयोजना तथा धनसिहपुर प्रबासि समित मुख्य प्रायोजक रहेको फुटबल प्रतियोगितामा पहिलो चरणको पहिलो खेलमा सगरमाथा युथ क्लब ‘बि’ र पुष्कर डिजे टीकापुर बिच भएको थियो । जसमा पुस्कर डिजे ले सगरमाथा युथ क्लब ‘बि’ लाइ १ का विरुद्ध ६ गोलले पराजित गरेको थियो दोश्रो खेल सगरमाथा युथ क्लब ‘सि’ र ओजुवा ताल डल्फिन युवा क्लब बिच भएको सप्पन्न भएको थियो । खेलको २० मिनेटमा सगरमाथा युथ क्लब ‘सि’ ले १ गोल गरेको थियो । मध्यान्तर पछि दुवै पक्ष बाट कुनै पनि गोल हुन नसकेपछि त्यहि १ गोल निर्णायक भएर सगरमाथा युथ क्लब ‘सि’ बिजयि भएको छ ।


त्यसैगरि फुटबल प्रतियोगिता मा आर्थिक सहयोग गरेर मुख्य प्रायोजक रहेको धनसिहपुर प्रबास समितिका कोरियामा कार्यरत सदस्य टंक साउँदलाई दोसल्ला ओढायर सम्मान गरियको थियो । सम्मानित भएपछि टंक साउँदले युवाहरुले प्रतिभा देखाउने अवसर पाउनुका साथै खेलकुदमा लागेपछि कुलतमा समेत नलागुन भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो । यस अघि धनसिहपुर बासि प्रबास समितिले हस्तान्तरण गरेको एम्बुलेन्स संचालनमा आएको छ ।


आज हुने रोमाञ्चक पहिलो खेल एम वाइ सि मिलन चोक र भजनि गोदाम टोल बिच हुने र दोस्रो खेल सुर्योदय युवा क्लब र बेलुवा युवा क्लबका बिच हुने क्लबका सचिब बिरु साउँद ले बताउनु भयो ।