टीकापुर, २८ पुस/राष्ट्रिय एकताका प्रतिक पृथ्बीनारायण शाहको ३०१ औं जन्मजयन्ती देशभर बिभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
राष्ट्रपति बिद्यादेबि भन्डारीले शाहको शालिकमा माल्याणपर्ण गर्नुभएको छ । राप्रपा बाहेक अन्य राजनीतिक दलका नेताहरुले औपचारिक कार्यक्रम नगरेपनि भएका कार्यक्रममा कार्यकर्ताहरु सहभागि भएका छन् । गणतन्त्र आएपछि शाहको जन्मजयन्तीमा बिदा दिने परम्परा तोडिएको थियो बर्तमान सरकारले पुष २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सै क्रममा टीकापुरमा पनि पृथ्बीनारायण शाहको जन्म जयन्ती मनाइएको छ । पृथ्बी नारायण शाह जयन्ती मूल आयोजक समितिका अध्यक्ष राजु बिष्टको नेतृत्वमा कार्यक्रम भएको हो । स्वतन्त्र नागरिक समूहको अगुवाईमा भएको उक्त कार्यक्रम टीकापुर बजार परिक्रमा गरी बसपार्कमा गएर कोणसभा मा परिणत भएको थियो । कोण सभालाई गुरु नारायण तिमिलसेना, टीकाराम आर्य लगायतले पृथ्बीनारायण शाहले पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । उहाँहरुले राष्ट्र लाई एकिकरण गर्न शाहले गरेको पहल नेपालीले बिर्सनु दुखद भएको बताउँनुभयो । ‘‘नेपालको भूगोल रक्षा गर्ने सवालमा होस् या राष्ट्रियताका सवालमा होस् पृथ्बीनारायण शाहले नेपालको पहिचान बचाउनुभएको हो,’’ नारायण तिमिलसेनाले भन्नु भयो ,‘‘ नेपालको रक्षा बलिदानी दिएका पुर्खाको सम्मानबाट मात्र हुन्छ ।’’
कार्यक्रममा स्वागत आयोजक सदस्य द्धारिका जोशीले गर्नुभएको थियो भने सञ्चालन रमेश रावलले गर्नुभएको थियो । यसै गरी गुरुकुलको आयोजनामा खड्ग चौकमा दिप प्रज्वलन गरिएको छ । पौष २७ गते सार्वजनिक बिदा दिएपछि नागरिकले विगतको गल्ती सच्याउने प्रयास भएको भन्दै खुसी मनाए का छन् भने राजनीतिक दलका नेताहरु कार्यक्रममा सहभागि भए पार्टीले केही भन्ने हो की भन्ने त्रासमा बसे । यसरी बस्नेहरुले सामाजिक सञ्जालमा शुभ–कामना दिदै श्रद्धाञ्जली प्रकट गरेका छन् । बर्षौ देखिको निरन्तरता गणतन्त्रका नाममा तोडिएको थियो ।
गणतन्त्रका कुरा भए तर देश र जनताको अवस्था परिवर्तन नभएपछि नागरिकले राजनीतिक दलप्रति तिब्र असन्तुष्टि पोख्न थालेका छन् । शालिक ढाल्ने प्रचण्ड सरकारमै गएका बेला हटाइएको बिदा पुनः दिन थालिएको छ ।