प्रदेश सभामा मन्त्री रावलको उम्मेदवारी

टीकापुर, २४ असोज/कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा २ को निर्वाचनलाई पनिे महत्वका साथ हेरिएको छ । यहाँ सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावलले उम्मेदवारी दिनु भएको छ । नेपाली काँगे्रसका केन्द्रीय सदस्य तथा २०७४ सालको प्रदेश सभा निर्वाचनमा गठबन्धनका उममेदवारलाई पराजित गर्दै निर्वाचित भएर सुदूरपश्चिम प्रदेश सभामा काँगे्रस संसदीय दलको नेता पनि हुनुहुन्छ । डाक्टर रावलले यस अघिल्लो चुनावका प्रतिश्पर्धी नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरी र नेकपा ९एमाले० युवा नेता द्वारिकाप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।


प्रदेश सभा १ मा नेपाली काँगे्रस र माओवादीका केन्द्रका तर्फबाट दीर्घराज विनाडीको उम्मेदवारी परेको छ । विनाडी २०७९ को स्थानीय चुनावमा जोशीपुर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । नेकपा ९एमाले० र जनता समाजवादीबाट समाजवादीका भगतराम थारुको उम्मेदवारी परेको छ भगतराम २०७४ को निर्वाचनमा उपेन्द्र यादवको पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो । नागरिक उन्मुक्ति पार्टीले भने कैलाश चौधरीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा यसअघि राजपाबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णकुमार चौधरीले यसपटक लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।