बजेट सदुयोग गर्ने सवालमा सचेत हुनुपर्छ

सम्पादकीय
जेनजीको आन्दोलनपछि बनेको बर्तमान सरकारले ३ करोड भन्दा कमका योजना कटौती गर्ने निर्णय गरेको छ । संघिय सरकारले साना टुक्रे बजेट ल्याउदा बजेट बर्षेनी दुरुपयोग हुँदै गएको थियो । एकातिर संघिय सकरारले साना बजेट हाल्ने अर्काे तर्फ प्रदेश सरकार टुक्रे योजनाका नाममा कमिसनमा बजेट हाल्ने भएपछि विकास बजेट अति न्यून सदुपयोग भइरहेको अवस्था थियो । कतिपय माननीयका बजेट दुरुपयोग भयो भनेर अख्तियारमा उजुरी समेत परेका छन् । सत्ताको आडमा अख्तियारले पनि कारबाही गर्न सकेको थिएन । वर्तमान सरकारले अनावश्यक बजेट बिनीयोजनलाई लिकमा ल्याएर काम गर्न थालेको छ । सरकारले निर्णय गरेको छ तर कार्यान्वयन कसरी हुन्छ भन्ने बारेमा समयले बताउला । राजनीतिक दलले शक्तिका आडमा बजेटको हुर्मत लिए । पछिल्लो समय नागरिकलाई बजेट भाषणको दिन खासै चासो हुने गरेको थिएन । कागलाई बेल पाक्यो हर्स न बिस्मात भन्न थालिएको थियो । बजेट सदुपयोग गर्ने सवालमा हरेक नागरिक सचेत हुन जरुरी छ । नागरिकले गास काटेर तिरेको कर विकास बजेटको रुपमा आउने हो । बजेट छुट्टै कहीबाट आउने होइन । नेताहरुले आफ्नो घरजग्गा बेचेर बजेट दिएको होइन । विकास माग्ने बेलामा नागरिकले पनि समिक्षा गर्न आवश्यक छ । आफुलाई आवश्यक पर्ने विकास माग गर्न जरुरी छ । विकास बजेट पहुँचका भरमा आउने गरेको थियो । पहुँचका भारमा आउने बजेट देशको समग्र भलाई हुन सक्दैन । विकास समानुपातिक र आवश्यक्ताका आधारमा हुन जरुरी छ । जथाभावी हुँदै गएको विकासले विनास हुँदै आएको छ । विनास गर्ने र करको दुरुपयोग हुने विकास किन चाहियो ? टीकापुरमा यस बर्ष करिब १६ करोड रुपैया संघिय बजेट आएको देखिन्छ भने प्रदेशबाट पनि बजेट आएको थियो । प्रदेश सरकारले टीकापुरमा प्राबिधिक विश्वबिद्यालय सञ्चालन गर्ने भनिएको छ । यस बाहेक अन्य बजेट पनि थुप्रै परेको सुनिन्छ । यसरी प्रदेश र संघले बजेट छुट्याएका छन् । बजेट आएको छ । रातो कितावमा लेखिएको छ भनेर चुपचाप बस्ने होइन । टीकापुरका राजनीतिक दल र समाजसेवीहरुले रातो कितावमा लेखिएको विकास निर्माणमा ध्यान दिन जरुरी छ । रातो कितावमा लेखिने पछि कार्यान्वयन नभएको धेरै पटक यस क्षेत्रका जनताले भोगेका छन् । बडो मुश्किलले टीकापुर क्षेत्रले बजेट पाउँछ त्यो बजेट सदुपयोग भएन या कार्यान्वयन भएन भने टीकापुरका लागि दुर्भाग्य हुन्छ । यसका लागि जनप्रतिनीधिहरु पनि सचेत हुन जरुरी छ । नागरिकले आफ्नो वडा या घर आँगनमा निर्माणको हुने विकास योजनाका बारेमा तिहार सकिएपछि सचेत हुन थाल्नुपर्छ । आएको बजेट भ्रष्टाचारीका हातमा पर्छ की भन्ने डर हुन्छ । प्राबिधिक कर्मचारीले बजेट दुरुपयोग गर्ने गरेका छन् भने स्थानीय भ्रष्टहरुले साथ दिने गरेका छन् यो हाम्रो नेपाली समाजको पछिल्लो समयको टूेन हो । आएको बजेट अधिकतम सदुपयोग गर्ने सवालमा नागरिक अगुवा चनाखो हुनुपर्छ ।