बलत्कारका घटनामा गम्भिर हुन जरुरी छ

सम्पादकीय
बलत्कार गर्नेलाई कहि कतैबाट छुट दिने बारेमा कसैले एक शव्द बोल्छ भने त्यो पनि अपराधी हो । बलत्कार जघन्य अपराध हो । बलत्कारमा संलग्न व्यक्तिको जति निन्दा गरेपनि कम हुन्छ । हरेक चेलीलाई सुरक्षित जीवन जीउन पाउने उसको अधिकार हो । महिलाका बारेमा सबै अधिकारका कुरामा कसैको बिमती छैन र हुनु पनि हुँदैन । केही घटनालाई देखाएर सबै बलत्कारका घटनालाई एउटै डालामा हाल्नु गलत हुन्छ । तर पछिल्लो समय मन मिल्दासम्म संगै घुम्ने, खाने मोज गर्ने सनक चढेपछि बलत्कार भन्दै प्रहरीमा जाने मानसिकतालाई ठिक हो भन्न सकिन्न । महिलाले न्याय र अधिकारका कुरा गरिराख्दा पुरुष पीडित भएर बस्नुपर्छ भन्ने मानसिकता पनि ठिक होइन । पुरुष प्रधान देश भन्दैमा नारीका नभएका अवगालको पीडा भोग्नुपर्छ भन्ने सोच दरिद्र सोच हो । बलत्कारका बारेमा कडा कानून बन्नुपर्छ भन्ने हरेक पुरुषले भनेका छन् । त्यसैले त नीति पनि बन्यो । तर महिला अधिकारकर्मीका नाममा पुरुष र महिलाको द्वन्द बढाउने गरी जथाभावी गरेपछि समाजमा अबिश्वास बढ्ने निश्चित हो । पुरुषले आफ्नो लिङ्ग नियन्त्रण गर्नुपर्छ भनिराख्दा महिलाले ख्याल गर्ने कि नगर्ने ? घुम्दा, मोज गर्दा उमेर थाहा नहुने अनी उजुरी बाजुरी गरेर फसाउने नियतले भएका सबै खाले क्रियाकलापका बारेमा नेपाली समाजले निगरानी गर्न सकेन भने समाज द्वन्दमा फस्ने निश्चित हो । नावालिगले बुझ्नेन् भन्न मिल्छ ? समाजमा बढी क्रान्तिकारी भएर बोल्ने र लेख्नेहरुकै कारण समस्या आएको हो । वास्तविक समस्या खोज्नुको साटो अदालतलाई समेत प्रभाव पार्ने गरी बलत्कार घटनालाई देखाउने प्रचलन बढेको छ । पुरुषसंग घुम्न हुने मनपरी गर्न हुने अनी कानूनको सहाराले लिएर कसैको जीवन बर्बाद गर्न मिल्छ ? तसर्थ सबै सचेत हुन जरुरी छ । यस्तो दिन नओस् एकातिर पुरुषहरुले महिलाको ज्यादती मूर्दावाद भन्दै नारा लगाउने अर्काे तिर महिलाले पुरुषको ज्यादती मूर्दावाद भन्दै नारा लगाउने । त्यसैले सत्य तथ्यका बारेमा नागरिक सचेत हुन जरुरी छ ।