बाढिले कल्भर्ट भत्काउंदा आवतजावत गर्न समस्या

गणेश क्षेत्री
टीकापुर, २०  भाद्र/भजनी नगरपालिका वडा नं. ८ जनकपुरमा १३ गते आएको बाढिले कल्भर्ट भत्काउँदा स्थानीलाई आवत जावत गर्न सास्ती भएको छ ।
कल्भर्ट भत्किय पछी भर्खरै पिच गरेको बाटो समेत भासिय पछि बाटो अबरुद्ध भएको हो । बाटो अबरुद्ध भएपछि बिद्यार्थी बोक्ने बस समेत आउन नसके पछि बिद्यार्थी समेत बिद्यालय जान पाएका छैनन् स्थानीय रामकृष्ण चौधरी ले बताउनु भयो ।
गाउँमा मेडिकल संचालन गरेका प्रकाश साउँदले बर्षातको समय छ कोहि बिरामी भएमा एम्बुलेन्स समेत आवत–जावत गर्न नसक्ने अवस्था भएकोले स्थानीय सरकारले तुरुन्तै बाटो मर्मत गर्नुपर्ने बताउनुभयो ।
भजनी नगरपालिका वडा नं. ८ का अध्यक्ष पंकज चौधरीले बाटो मर्मत गर्न वडा संग बजेट नभएको र नगरपालिकाका मेयर संग कुरा गर्दा मौखिक मा मात्रै बाटो मर्मत गर्नु भन्नू भएको छ तर कार्यपालिका बाट लिखित रुपमा पत्र पठायमा मात्रै बाटो मर्मत गर्ने बताउनुहुन्छ ।


भोलि बाटो मर्मतमा लागेको खर्च भन्दा प्राबिधिक ले कम मुल्यांकन गरेमा कसरी तिर्ने समस्या बताउनुहुन्छ पंकज चौधरी ।
भजनिमा प्राबिधिकहरुले बाटो ग्राबेल गरेको ठाउँमा कम मूल्यांकन गरेर उपभोक्ताको खल्तिबाट तिरायकोले पनि वडा अध्यक्ष तर्कियको हुनसक्ने स्थानीय रमेस रावतले बताउनु भयो ।
तर भजनी नगरपालिका का मेयर केवल चौधरीले आफुले बाटो मर्मत गर्न वडा अध्यक्षलाई मौखिक आदेश दिईसकेकोले बाटो मर्मत नगर्नु वडा अध्यक्षको कमजोरी भएको बताउनु भयो ।
मेयरले बाटो बनाउदा पत्रकारले समेत ध्यान नदिएकोले बाटो बिग्रेको भनेर हास्यास्पद आरोप समेत लगाउनुभयो । मेयरले अब बाटो बनाउन तुरुन्तै बनाउने आस्वासन समेत दिनुभयो । वडान ८ का वडा सदस्य ललतुराम डगौराले वडा सङ्ग बजेट नभएकोले नगरपालिका ले बाटो मर्मत गर्नुपर्ने बताउनुभयो ।
स्थानीय धर्म तिमिल्सिनाले एकले अर्कोलाइ दोष दिनुभन्दा तुरुन्तै बाटो मर्मत गरेर आवागमन सहज बनाउनुपर्ने बताउनुभयो ।