बिद्यार्थीले निकाले टीकापुरमा महिला हिंसा बारे सचेतना र्याली

टीकापुर,११ जेठ/टीकापुर बहुमुखी क्याम्पस कृषि बिज्ञान संकायका बिद्यार्थीले मंगलवार महिला हिंसा बिरुद्ध सचेतना ¥याली प्रदर्शन गरेका छन् । उनीहरुले ‘सुस्मितालाई न्याय देउ’, ‘महिला हिंसा बन्द गर ’, ‘हाम्रो सरकार अन्धो छ’,‘हद म्याद खारेज गर’ , ‘दोषिलाई कारबाही गर’ ,‘ चुप लागेर बसिदैन लाजको घुमण्टो ओढिदैन’,भन्ने नारा लगाउँदै टीकापुर बजार परिक्रमा गरेका थिए ।
डायनामिक वमेन्स क्लब , कृषि बिज्ञान संकाय सुदुरपश्चिम बिश्वबिद्यालयको आयोजनामा प्रदर्शन भएको हो ।


‘‘सुस्मितालई न्याय दिलाउन र थप महिला माथि हिंसा नहोस् भन्न का लागि प्रदर्शन गरेका हौ ,’’ प्रदर्शनकारी रबिना सुबेदीले भन्नुभयो ,‘‘ कानूनको छिद्रलाई उपयोग गर्दै महिला माथि हिंसा बढ्दै गएको छ , सरकारलाई सचेत गरनउन पनि प्रदर्शन गर्नु परेको हो ।’’
प्रदर्शन पछि बिद्यार्थीले खड्क चौकमा हिंसा बिरुद्ध सडक नाटक पनि प्रदर्शन गरेका छन् ।