बिभिन्न स्थानमा सम्बोधन गर्दै रेशम टीकापुर पुगे

टीकापुर, १६ जेठ/नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशमलाल चौधरी कारागारबाट रिहा भएकै दिन टीकापुर पुगेका छन् ।
काठमाण्डौबाट नेपालगञ्ज आइपुगेका चौधरीले बांकेको कोहलपुर, बर्दियाको बाँसगढी , माछागढ,भुरीगाउँ,राजापुर लगायतका स्थानमा जम्मा भएका पार्टीका कार्यक्रर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै सोमवार साँझ टीकापुर पुगेका    छन् ।
टीकापुरमा पार्टी कार्यालयमा जम्मा भएका कार्यक्रर्तालाई सम्बोधन गरेको नागरिक उन्मुक्ती पार्टी टीकापुर नगरका अध्यक्ष जित बहादुर चौधरीले बताउनुभयो । ‘‘ रेशम जी काठमाण्ठौबाट सोमबारै टीकापुर आउनुभयो , बाँके र बर्दियाका बिभिन्न स्थानमा भेटघाट गर्ने काम भएको छ र टीकापुरको पार्टी कार्यालयमा भेटघाट गर्ने काम भयो,’’अध्यक्ष चौधरीले भन्नुभयो,‘‘थप कार्यक्रम कसरी गर्ने भन्ने बारेमा छलफल गरेर निर्णय गर्छौ ।’’


रेशम रिहा भएपछि कैलाली र बर्दियामा एक खालको उत्साहा देखिएको छ । रिहा भएर टीकापुर फर्कने क्रममा बिभिन्न स्थानमा उहांले मन्तव्य दिंदा आफु भूमी पूत्र भएको बताउँदै थारुहरु नेपाली भएर बाच्न पाउनुपर्छ भन्नुभयो । आम माफि पाएर रिहा भएको छु , हामीले हा¥यौ या जित्यौंै यो अनुभूत जनतालाई गराउनुपर्छ भन्नुभयो । ‘‘टीकापुर घटना दुर्भाग्यपूर्ण घटना हो , मेरो अनुरोध छ,राज्यले उच्च स्तरिय छानविन समिति गठन गरेर धरातलमा गएर नागरिक संग बुझेर प्रतिवेदन सार्वजनिक गर्नुपर्छ ,’’ पूर्ब सांसद समेत रहनुभएका चौधरीले भन्नुभयो ,‘‘ शाहादत प्राप्त सहिद परिवार प्रति मेरो तर्फबाट भावपूर्ण श्रद्धाञ्जली, निश्चय पनि उहाँहरुलाई दुख लागेको छ,हामीलाई पनि दुःख खेप्यौ ।’’ ‘‘टीकापुरका घटनाको कथा एउटा बनाईयो, पटकथा अर्के लेखियो र फिल्म अर्के बन्यो , यहि फिल्मको रनभूल्लमा संसारभरीका जनता परे वास्तविकता त्यो होइन,’’ चौधरीले भन्नुभयो , ‘‘ २०७२ को घटना वास्तविकता बाहिर ल्याउन छिटै पहल गर्ने छौ ।’’ उहाँले दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने बारेमा आफु सचेत भएको बताउनुभयो । सुदुरपश्चिम र मध्यपश्चीमको आर्थिक समृद्धिमा लाग्ने उहाँको भनाई थियो । रेशम छुटेपछि राजनीति बृत्तमा बिभिन्न खाले अटकालवाजी हुन थालेका छन् । कतिपयले गलत भयो भनेका छन् भने कतिपयले निकासका लागि सरकारले चालेको कदमको स्वागत गरेका छन् । आजबाट रेशमले भेटघाटलाई तिब्रता दिने भएका छन् ।


५ बर्ष ३ महिना जेल जीवन बिताएर रेशम छुटेपनि अन्य राजबन्दीका बारेमा केही कुरा आएको छैन ।
टीकापुरमा सद्भाव कायम गर्न रेशम लगायत सबै राजबन्दी रिहा गर्नुपर्छ भन्ने मान्यता यस क्षेत्रका नागरिकको भनाई     छ । २०७२ साल भदौ ७ गते भएको घटनामा ७ जना प्रहरी र एकजना नावालक सहिद भएका छन् भने ८ गतेको आगजनीका बारेमा राज्य गम्भिर नभएपछि थारु समुदायले प्रश्न गर्दै आएका छन ।