बिश्लेषण नगरी लगानी

सम्पादकीय
नेपालमा लगानी गर्दा प्रतिफलको बिश्लेषण नगरी पहँुचवाला हुँ भनेर देखाउन विकास बजेट खर्च गर्ने प्रचलन बढेको छ । प्रधानमन्त्री या मन्त्री होस् उसको क्षेत्रमा विकास निर्माण हुनु प¥यो । लगानी अनुसारको प्रतिफल दिने बारेमा बिश्लेषण गर्ने समय हुँदैन किन कि कतिबेला कुर्सी हातबाट जाने हो । कुर्सी हातमा भएका बेला आफ्नो क्षेत्रमा बजेट खन्याउने प्रचलन बढ्दै जाँदा विकासले जुन प्रतिफल दिनुपर्ने हो त्यो दिन सकेको पाइदैन । पोखरा र भैरहवामा अन्तराष्ट्रिय बिमान स्थल निर्माण भए । पोखरामा करिब २२ अर्ब खर्च भएको छ भने भैरहवामा पनि त्यतिकै बजेट खर्च भएको छ । अन्तराष्ट्रिय हवाई मैदान निर्माण त भए तर बिमान आउने छाँट छैन । बिमानको चाँप काठमाण्डौ मा भयो भन्दैमा अर्काे बिमानस्थल निर्माण गर्दा त्यस वरपरका समस्या र प्रतिफलका बारेमा छलफल भएको भए सायद अहिले रुनुपर्ने थिएन । अहिले दुई वटा बिमान स्थलमा बिमान नआएर खर्च मात्र बढ्दै गएको छ । बिमानस्थल निर्माण गर्दा सहुलियत ऋण लिइएको छ । ऋण त ऋण नै हो । अहिले साढे २१ खर्ब ऋण भइसक्यो तर प्रतिफलका योजना खासै छैनन् । यसरी प्रतिफलका बारेमा ध्यान नदिने हो भने ऋण लिएको पैसाको साँवा र व्याज कसरी बुझाउन  सकिन्छ ? दातृ निकायले दिन्छ भन्दैमा सहयोग र ऋण लिने अनी जथाभावी खर्च गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्न जरुरी छ । नेताहरुको सोच नै गलत छ । आफु बलियो हुन नागरिकले तिरेको कर सदुपयोग भयो कि दुरुपयोग भयो त्यो ख्याल नगरी विकास बजेट आफ्नो क्षेत्रमा पार्न सफल भए भन्दै रमाउने प्रचलन बढेको छ । यस्तो व्यतिथीमा डुबेका नेताहरुले देशलाई पार लगाउदैनन् । तसर्थ नागरिक पनि सचेत हुन जरुरी छ ।