बिश्वासको वातावरण भएन

सम्पादकीय
नेपालमा विश्वासको वातावरण नहुँदा अराजकता बढ्दै गएको छ भने नेताहरुमा स्वच्छेचारता बढ्दै गएको छ । राम्रो र नराम्रो छुट्याउने बानी नहुँदा समस्या आएको हो । इमान्दार पूर्बक जनताको सेवामा लागेको मान्छेका बारेमा र समाजमा भ्रष्टाचार गरेर कमाएका व्यक्तिबीच फरक छुट्याउने क्षमता नभएकै कारण आज नेताहरु स्वच्छेचारीमा लागेका हुन् । कसले मुल्याकंन गर्छ भन्ने सोचमा नेताहरु पुगेका छन् । सबै भ्रष्ट छैनन् । धेरै नेताहरुमा इमान्दारिता छ तर तिनीहरुले अवसर पाइरहेका छैनन् । इमान्दार नेताहरुको बारेमा जनताले आवाज उठाउन सकेको पाइदैन । समाजमा भ्रष्ट र अराजकता मचाउने नेताहरुको पछि लाग्ने संस्कारले नेपालको राजनीति बिग्रदै गएको छ । जनताले अहिलेका ठूला दलका नेताहरुलाई बिश्वास गर्ने अवस्थामा छैनन् । ठूला दलको संगठन बलियो भएकै कारणले मात्र हो नत्र शिर्ष नेताहरुको खराव हुने थियो । दलका आडमा नाफा खाएकाहरु बहेक अरु चुपचाप छन् । राजनीतिमा अर्काको अस्तित्व स्विकार नगर्दा मुलुक द्वन्दबाट बाहिर आउन सकेको छैन । देखिदा शान्ति छ तर आन्तरिक ठूलो द्वन्द छ । एक अर्काको अस्तित्व स्विकार गरेर काम गर्नुको साटो पूर्बाग्रह राखेर काम गर्ने प्रचलनले मुलुक दिनप्रतिदिन संकटमा पर्दै गएको छ । सत्तामा बसेपछि सबै राम्रो देख्ने र कसैले कमजोरी औल्यायो भने दुश्मन ठान्ने प्रबृत्ति छ । ठिक यही कुरा अर्काे पार्टी सत्तामा गएपछि उसले पनि त्यही रबैया देखाउने गरेको छ । राजनीतिक दलका नेताहरु चरम स्वार्थी भए । देश लुट्ने बेला या आफुलाई समस्या पर्ने अवस्था आए एकैछिनमा अंगालो मार्ने गरेको देखिन्छ । यही हालत स्थानीय स्तरमा पनि देख्न पाइन्छ । कतिपय आफु र आफ्ना बाहेक अरु केही होइनन् भन्ने ठान्छन् । अर्काको अस्तित्व स्विकार गर्न नसक्नेहरुले समाजमा भाडाभैलो मच्चाएर आफ्नो स्वार्थ पूरा हुने क्षणिक सपना बुन्दै जाँदा समस्या बढ्ने गरेको छ । अरुलाई धारे हात लगाएर आफ्नो गल्ती ढाकछोप एकछिन गर्न सकिएला तर त्यो ढाकछोप धेरैदिन टिक्दैन । तसर्थ नागरिकले पनि आफ्नो भूमिका भिाउन जरुरी छ । भ्रष्ट र स्वच्छेचारी नेताहरुलाई जनप्रतिनीधि हुनबाट रोक्ने काम जनताको हो ।