बीरेन्द्र क्याम्पसमा नेपाल बिद्यार्थी संघ बिजयी, सभापतिमा अधिकारी सहित पुरै प्यानल बिजयी

टीकापुर, ७ चैत/टीकापुर स्थित बीरेन्द्र बहुमुखी क्याम्पसमा सोमवार भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनमा नेपाल बिद्यार्थी संघ बिजयी भएको छ । सभापतिमा नेपाल बिद्यार्थी संघका नबिन अधिकारी बिजयी भएका छन् ।

निर्बाचन अधिकृत धर्मबहादुर बिष्टका अनुसार अधिकारीले चार सय ३० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका नबिन सज्यांलले एक सय ३२ मत पाएका छन् । यसै गरी अनेरास्वबियूका प्रदिप रावलले ८५ मत पाएका छन् भने नागरिक बिद्यार्थी समाजका प्रबेश आचार्यले ७२ मत पाएका छन् ।
सचिबमा नेपाल बिद्यार्थी संघका तपेन्द्र भण्डारी बिजयी भएका छन् । भण्डारीले तीन सय ३५ मत पाएका छन् । उनलाई पछ्याउदै अखिल क्रान्तिकारीका सरस्वती ठकुल्लाले एक सय ५४ मत पाएकी छिन् । नागरिक बिद्यार्थी समाजका सागर बिश्वकर्माले ८७ मत पाएका छन् भने राष्ट्रिय प्रजातान्त्रीक बिद्यार्थी संगठनका महेन्द्र रावलले ९४ मत पाएका छन् । बिहान ५ बजेसम्म कोषाध्यक्षमा सात सय मतको परिणाम आएको छ । नेपाल बिद्यार्थी संघका विपना कुमारी चौधरी बिजयी भएकी छिन् । अनेरास्वबियूका बिनिता बिष्टले एक सय ४२ मत पाएकी छिन् । अनेरास्वबियू ( एस) बिद्याथी किरण चौधरीले ७८ मत पाउकी छिन् भने नागरिक बिद्यार्थी समाजका सीता चौधरीले ५९ मत पाएकी छिन् ।
सदस्यहरुमा पनि सबै नेपाल बिद्यार्थी संघका उम्मेदवार बिजयी भएका छन् ।
एक हजार एक मतदाता रहेकोमा ७ सय ५३ मत खसेको थियो । बीरेन्द्रमा करिब २२ सय बिद्याथीले अध्ययन गर्छन् ।
निर्बाचनमा अखिल क्रान्तिकारी र अनेरास्वबियू गठबन्धन गरेका थिए भने अनेरास्वबियू र राष्ट्रिय प्रजातान्त्रीक बिद्यार्थी संगठनले गठबन्धन गरेका थिए ।