बीरेन्द्र मासिने निश्चित

सम्पादकीय
टीकापुरको शैक्षिक धरोहर बीरेन्द्र बिद्या मन्दिर उच्च मावि मासिने निश्चित भएको छ । टीकापुरमा बस्ती बसाउन मुख्य भूमिका भएको संस्था मासिने अवस्थामा पुग्दा स्थानीय सामाजिक अगुवा गभिंर छैनन् । देशभरमा चर्चा कमाएको शैक्षिक संस्था प्रजातन्त्र आएपछि दिनप्रतिदिन खस्कदो अवस्था पुगेको छ । संस्था ऋणमा डुवेपछि १५ बिगाहा जग्गा बिक्री गरेर बचाउने काम त भयो तर संस्था बलियो भएको छैन । प्रजातन्त्र आएपछि बीरेन्द्रमा आफ्ना मान्छे भर्ती गर्ने काम भएको छ । शैक्षिक गुणस्तरका बारेमा कसैको ध्यान गएको छैन । बीरेन्द्र व्यबस्थापन समितिमा जानु भनेको आफ्ना मान्छेलाई भर्ना र गर्ने सुबिधा खाने हो भन्ने सोच पालेकाहरु जाने गरेका छन् । टीकापुरको समाजमा कति दरिद्रता पलाउँदै गएको छ भन्ने हरेक संस्थामा देखिएको व्यतिथीलाई नियाल्ने हो भने प्रष्ट हुन्छ । सनिबार टीकापुरमा भएको छलफलमा भर्ती केन्द्रका बारेमा कुरा उठेको छ । बाबु निबृत्त भएपछि छोरी , छोरा या बुहारी भर्ना गर्ने त्यत्तिले पुगेन अहिलेका व्यबस्थापन समितिका सदस्यहरुले आफ्ना नातेदार भर्ना गर्न तयार भएको कुरा सार्वजनिक रुपमा कुरा उठेको छ । संस्था सुधार्न गएकाहरु आफ्ना श्रीमती , छोरा , छोरी भर्ना गर्न लाज मान्दैनन् । यस्ता सामाजिक अगुवाबाट टीकापुरका संस्था बलिया कसरी हुन्छन् ? बीरेन्द्रलाई बलियो बनाउँन प्रतिस्प्रधाका आधारमा शिक्षक र कर्मचारी छनौट गर्नुको साटो आफ्ना मान्छे भर्ना गर्न थालिएको छ । बीरेन्द्र मात्र होइन हरेक संघ संस्थामा यसै गरी काम भइरहेको छ । क्षमता भएका मान्छेले अवसर नपाउने अनी सामाजिक अगुवाका नातेदारले मात्र अवसर पाउने हो भने टीकापुरमा किन बस्ने ? जसरी पनि संस्थामा जाने अनी आफ्ना मान्छे भर्ती गर्ने र भएको सुबिधा खाएर मोज गर्ने प्रचलन बढेको छ । संस्था बलियो बनाउन सबैले भूमिका खेल्नुपर्ने अनी अवसर र सुबिधा बाड्दा पारदर्शीता नहुनपर्ने भएपछि कसरी टीकापुरमा एकता हुन्छ ? तसर्थ टीकापुरबासी सचेत हुन जरुरी छ । मनपरी गरेर खान पल्केकाहरुलाई समयमै तह नलगाउने हो भने टीकापुर बन्दैन । यसमा सबैको ध्यान जान जरुरी छ ।