ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालयमा सामूहिक रक्षा बन्धन

टीकापुर,४ भाद्र/रक्षा बन्धनको अवसरमा टीकापुरस्थित ब्रहम कुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्रमा सामूहिक रक्षा बन्धन बाधिएको छ । विश्वविद्यालयले हरेक वर्ष रक्षा बन्धनको अवसरमा रक्षा धागो बाधेर मनाउने गरेको छ ।
प्रशिक्षण केन्द्रका सञ्चालिका सीता तिमिल्सिनाले महिला पुरुष सबैलाई रक्षा धागो बाधेर रक्षा बन्धन बनाउनुभएको  छ ।  रक्षा धागो बाध्दै उहाँले मानिसलाई कुनै पनि बन्धन मन नपराउने भए पनि रक्षा बन्धन आत्मीय रक्षाको प्रतिक भएकाले सबैलाई मन पर्ने बताउनुहुन्छ । ‘‘हामीकहाँ महिला, पुरुष भन्ने छुट्याउने कार्य हुँदैन, हामीले यहाँ आउनुभएका सबैलाई रक्षा धागो बाधिदिएका छौँ’’, उहाँले भन्नुभयो, ‘‘प्रशिक्षण केन्द्रले सोमबार देश तथा विदेशमा रहेका केन्द्रमा रक्षा बन्धन मनाएको छ ।’’
भाइले बहिनीको सुरक्षा र भाइको बहिनीले सुरक्षा गर्ने दायित्व हुन्छ । सञ्चालिका तिमिल्सिना हरेकले असल व्यवहार गर्नुपर्ने आत्मीक दृष्टि, पवित्र भावना आवश्यक रहेको बताउनुहुन्छ । ‘‘मानिस असल हुन आवश्यक छ असल खानपान, आनीबानी राम्रो भएमा हिंसाका घटनामा कमी आउँछ । सबैले सबैलाई राम्रो दृष्टि राखेमा महिलामाथि अपराधिक घटना हुने थिएनन’’, उहाँले भन्नुभयो, ‘‘मानिस विकृत हुँदा प्रकृतिले पनि रुप देखाउन थाल्यो । मानिसको व्यवहारले प्रकृति रिसाएको छ ।’’


सनातन संस्कृति प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना रक्षा बन्धन पवित्र पर्व भएको बताउँदै बैदिक संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहनेछु भन्न् प्रतिज्ञा वोध गराउने पर्व भएकाले यसको महत्व बढी रहेको बताउनु हुन्छ ।
टीकापुर,३ भाद्र÷रक्षा बन्धनको अवसरमा टीकापुरस्थित ब्रहम कुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्रमा सामूहिक रक्षा बन्धन बाधिएको छ । विश्वविद्यालयले हरेक वर्ष रक्षा बन्धनको अवसरमा रक्षा धागो बाधेर मनाउने गरेको छ ।
प्रशिक्षण केन्द्रका सञ्चालिका सीता तिमिल्सिनाले महिला पुरुष सबैलाई रक्षा धागो बाधेर रक्षा बन्धन बनाउनुभएको  छ । रक्षा धागो बाध्दै उहाँले मानिसलाई कुनै पनि बन्धन मन नपराउने भए पनि रक्षा बन्धन आत्मीय रक्षाको प्रतिक भएकाले सबैलाई मन पर्ने बताउनुहुन्छ । ‘‘हामीकहाँ महिला, पुरुष भन्ने छुट्याउने कार्य हुँदैन, हामीले यहाँ आउनुभएका सबैलाई रक्षा धागो बाधिदिएका छौँ’’, उहाँले भन्नुभयो, ‘‘प्रशिक्षण केन्द्रले सोमबार देश तथा विदेशमा रहेका केन्द्रमा रक्षा बन्धन मनाएको छ ।’’
भाइले बहिनीको सुरक्षा र भाइको बहिनीले सुरक्षा गर्ने दायित्व हुन्छ । सञ्चालिका तिमिल्सिना हरेकले असल व्यवहार गर्नुपर्ने आत्मीक दृष्टि, पवित्र भावना आवश्यक रहेको बताउनुहुन्छ । ‘‘मानिस असल हुन आवश्यक छ असल खानपान, आनीबानी राम्रो भएमा हिंसाका घटनामा कमी आउँछ । सबैले सबैलाई राम्रो दृष्टि राखेमा महिलामाथि अपराधिक घटना हुने थिएनन’’, उहाँले भन्नुभयो, ‘‘मानिस विकृत हुँदा प्रकृतिले पनि रुप देखाउन थाल्यो । मानिसको व्यवहारले प्रकृति रिसाएको छ ।’’
सनातन संस्कृति प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना रक्षा बन्धन पवित्र पर्व भएको बताउँदै बैदिक संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहनेछु भन्न् प्रतिज्ञा वोध गराउने पर्व भएकाले यसको महत्व बढी रहेको बताउनुहुन्छ ।