सम्पादकीय
नेपालका राजनीतिक दलमा भनाई र गराईको तारतम्य नमिल्दा मुलुक संकटमा फसेको छ । जनतालाई अधिकारको गुलियो चटाई रहे आफुहरु सत्ताको नसामा झुमिरहे । गाणतन्त्रमा पुग्दासम्म मुलुक अबिश्वासको वातावरणमा थियो । गणतन्त्र आएको एक दशक भन्दा बढी भयो मुलुकमा समृद्धि आउला भनेको त आपसमा लडालड छ । नेताहरु जनता समक्ष एउटा कुरा गर्ने काम अर्काे गर्ने गर्छन् । नेताहरुले गरेको कुरा पत्याउन छाडेका छन् । सत्ता लुछाचुडीमा व्यस्त राजनीतिक दलका नेताहरु जनताका सवालमा गभिंर छैनन् । हरेक जात जातीका अगुवाहरु केवल सत्ता स्वार्थमा भएकै कारण अधिकारका कुरा गर्ने तर मुलुकको हित कसरी हुन्छ भन्ने बारेमा ध्यान नदिने प्रचलन बढ्दै गएको छ । मसिंर ४ गते भएको प्रतिनीधिसभामा निर्बाचित सांसदले सपथ ग्रहण गर्दा आफ्नो पहिरनलाई ख्याल गरेको पाइयो । आफ्ना मतदातालाई खुसी राख्न सपथ ग्रहणबाट नै सचेत भएको सन्देश दिन सांसदहरु प्रयास गरे तर महिना दिन नबित्दै सत्ताको लुछाचुडीमा लागेका छन् । एक महिना अघि र पछिको कुरा त मेल खाँदैन अनी ५ बर्षको के कुरा गर्नु ? नागरिक आफ्ना जनप्रतिनीधि प्रति असन्तुष्ट भएको सांसदले निर्बाचनमा चाल पाएका छन् त्यसैले यस पटक सांसदहरुले पहिरनबाट नै देश र आफ्नो समुदाय प्रति चनाखो भएको सन्देश दिएका छन् । आफ्नो संस्कृतिको जगेर्ना गर्ने सवालमा पहिरनलाई पनि बेला बखत मुद्धा बनाईने गरिएको छ । त्यसैले होला हरेक पार्टीका सांसदले आफ्नो संस्कृति अनुसार पहिरनलाई महत्व दिएका हुन् । सांस्कृतिक पहिचाउन बचाउँनु कर्तव्य हुन्छ तर मुलुकका बारेमा पनि गम्भिर हुनुप¥यो । देश बचे न संस्कृतिका कुरा आउने हुन् । देश नै नरहे के को सांस्कृतिक पहिचान ? मुलुक लाई पारदर्शी ढंगले चलाउने नेता चाहिएको छ । सत्ता लुछाचुडी गर्नेहरुबाट देश घि बढ्न सक्दैन । तसर्थ राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थलाई भित्र राखेर बाहिरी आवरणमा देश र जनताको कुरा गर्नु अपराध हो । देश र जनताको हितमा काम गर्ने सामाजिक नेतृत्व पहिचान गरेर जनप्रतिनीधि नबनाउँदासम्म नेपाली जनताले दुख पाइरहनुपर्ने अवस्था छ । नागरिक सचेत हुन जरुरी छ ।