भन्सार कार्यालय कार्यालय सहयोगिको भरमा

टीकापुर, १५ चैत/लुम्बिनी प्रदेशको मुल भन्सार राजापुर भन्सार कार्यालय कार्यालय सहयोगिको भरमा रहेको छ ।
कार्यालय सहयोगि राजकुमार चौधरीले श्रावण महिनामा १ लाख ३७ हजार ४ सय ७३ रुपैयाँ, भाद्रमा १ लाख ८६ हजार ६ सय ४९ रुपैयाँ ,असोजमा १ लाख ४० हजार ६ सय ३४ रुपैयाँ , कार्तिक मा २ लाख २३ हजार ५० रुपैयाँ, मंसिर मा १ लाख ४७ हजार ४ सय ,पौस मा १ लाख ९९ हजार १ सय ७४ रुपैयाँ, माघ मा १ लाख २५ हजार ३ सय १० , फागुनमा १३ ८ सय १४ रुपैया चैत्र को १३ गतेसम्म ४३ हजार ५० रुपैयाँ गरेर १२ लाख १६ हजार ५ सय ५४ रुपैया राजस्व सङ्कलन भएको बताउनु भयो ।


जति राजस्व सङ्कलन भएको छ सबै सवारिसाधन बाट मात्रै उठेको हो । राजापुर बजार सम्म आउने सवारि साधनको सेवा सुबिधा निःशुल्क भएको र शान्ति बजार, भुरिगाउँ, टपरा अथवा अन्य ठाउँमा जानु परेपछि राजस्व बापत शुल्क लिने गरेको बताए । हालसम्म पनि कसैले सामानको भन्सार काटिदिनुस् भनेर भन्सारमा नआएको चौधरीले बताउनु भयो । बर्ष दिन भयो सामानको भन्सार नकाटेको चोरीपैठारी हुन्छ भन्ने सुनेको तर कतिबेला र कसरी हुन्छ आफुलाइ जानकारि नभएको कार्यालय सहयोगिले बताउनुभयो ।
प्रशासन संघको मिलेमतोमा तस्करहरुले मालसामान ओसारपसार गर्नेगरेको स्थानीय बताउँछन । भारतबाट आउने ति मोटरसाइकल मध्य अधिकांस राति आएको सामानको पैसा लिन तकादा मा आउनेगरेको बताइए को छ ।
शान्ति बजार,भुरिगाउँ, टपरा लगायतको ठाउँमा भारतिय ब्यापारीहरु पैसा उठाउन आवत जावत गर्ने गरेका छन् । स्थानीय खडक बुढा खक्रौला नाका मात्रै सबैको नजरमा पर्ने गरेको तर बर्दियाको राजापुर, कैलालीको जस बहादुर घाट, डाक्टर घाटबाट बिना भन्सार मालसामान ओसारपसार मिलेमतोमा हुने गरेको बताउँछन । कैलालीको श्रीलंका नाकाको नजिकै बाट राजापुरको ईलाका सुरुहुन्छ । बर्दियाको ईलाका भएको हुनाले सामान ओसारपसार गर्दा जोडिए को क्षेत्र भएपनि कैलाली प्रहरीले सामान नियन्त्रण मा लिन सक्दैनन । राजापुर भन्सार बोर्डर बाट ३ किलोमीटर पर रहेको छ ।
ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटालाई चोरीपैठारी बढ्दैछ स्थानीय बताउँछन भनेर प्रश्न गर्दा माल सामान ओसारपसार भएको आफुलाइ जानकारी नभए को बताउनुभयो । भारत तिकुनियाका मोहम्मद आरिफले तिकुनिया बाट माल सामान राजापुरको लागि जाने गरेको तर भन्सार बन्छ कि बन्दैन आफुलाइ जानकारी नभएको बताउनु भयो ।
गुलरिया भन्सारका भन्सार अधिकृत मनोज बस्नेत ले आफू÷आफू सरुवा भएर आएको ३,४ दिन मात्रै भएकोले वास्तबिकता केहो भनेर बुझ्न समय लाग्ने बताउनुभयो । सिमा मा रहेको सशस्त्र प्रहरीको बिओपि चुनावको लागि भनेर हटाएको र हालसम्म पनि बिओपि नराखियकोले पनि तस्करी बढेको हुनसक्ने र मिलेमतो पनि हुनाले राजस्व न्युन उठेको देखिएको छ ।
सिमा जहिले पनि संबेदनसिल हुने हुनाले ति ओसारपसार गरेको सामानमा हातहतियार, लागु औषध पनि हुनसक्छन् भने अर्कोतिर राजस्व समेत न्यून उठिरहेको हुनाले प्रसासन सजग हुन जरुरी देखिन्छ ।