भांडा माझ्ने साबुन बनाउने दुईदिने तालिम शुरु

गणेश क्षेत्री
टीकापुर, ३० फागुन/आशा लघुबित्त बित्तिय संस्थाको भाँडा माझ्ने साबुन बनाउने दुईदिने तालिम टीकापुर नगरपालिका वडा नं। १ मा उद्घाटन भएको छ ।
आशा लघुबित्त अस्नेरि शाखा का प्रमुख देबिराम पराजुलीको सभापतित्वमा भएको कार्यक्रम मा टीकापुर नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष लालबिर चौधरी प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि चौधरीले आशा लघुबित्तको शाखा आफ्नो वडा मा रहेको र लघुबित्तले सामाजिक उत्तरदायित्व अन्तरगत गर्ने कार्यहरू निकै सहनिय रहेको बताउनुभयो ।
प्रमुख अतिथि चौधरीले महिलाहरु ले सिकेको सिप सदुपयोग गर्नुपर्ने र महिला समुह दर्ता गरेर आयमा वडाले महिला समुहलाइ सहयोग गर्ने बताउनु भयो ।
पत्रकार गणेश क्षेत्रीले महिलाहरु ले सिकेको सिपलाइ ब्यवसायिक रुपमा अगाडी बढाएमा जिवनस्तर उकासिने बताउनुभयो ।


क्षेत्रीले लघुबित्तले तालिम दिनु सहनिय भएको र उत्पादन भएको साबुनलाइ बजारब्यवस्थापनमा लघुबित्तले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कर्मचारी तथा प्रशिक्षक कल्याणी खरेलले सिप छ भने अवसर थुप्रै छन् । परिवारमा पुरुषले कमाउने महिलाले बसेर मात्रै खाने हो भन्ने मानसिकता त्यागेर आयआर्जन मुलक काम मा महिला पनि सक्रिय भएमा परिवारको आर्थिक स्तर उकासिने बताउनुभयो ।
सभापतिको आसनबाट बोल्दै पराजुलिले लघुबित्त भन्नासाथ आर्थिक लाभ लिने संस्था हो भन्ने सोचाइ छ तर आशा लघुबित्त आर्थिक लाभ लिने संस्था मात्रै नभएर महिला सदस्यहरुको जिवनस्तर उकास्ने र सामाजिक उत्तरदायित्व बहन गर्ने संस्था पनि भएको बताउनुभयो ।
कार्यक्रममा आशा लघुबित्तका ४५ जना सदस्यहरु भाँडा धुने साबुन बनाउने तालिममा सहभागी रहेका छन् ।
कार्यक्रमको संचालन टेकराज जोशीले गर्नुभएको थियो ।