‘भागवत सप्ताह ज्ञान महायज्ञ–२०८०’ तयारी पूरा,आज ७ बजे कलश यात्रा र ११ बजे उद्घाटन

टीकापुर,७ जेठ/टीकापुरस्थित कैलाशेश्वर शिवमन्दिर पुननिर्माण र कैलाशेश्वर वेद विद्याश्रमको स्तरोन्नति गर्ने उद्देश्यले जेठ ७ गतेदेखि हुनलागेको ‘श्रीमद् भागवत सप्ताहा ज्ञान महायज्ञ–२०८०’ को तयारी पूरा भएको छ ।महायज्ञ उद्घाटन अघि विहान ७ बजेबाट कलश यात्रा शुरु हुनेछ । शिव मन्दिरबाट शुरु हुने कलश यात्रा पछि विहान ११ बजे महायज्ञ उद्घाटन हुनेछ ।
महायज्ञको सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । महायज्ञका लागि बिभिन्न जिल्लाबाट ६ जना राष्ट्रिय कलाकार टीकापुर पुगिसकेका छन् । मन्दिर पुर्ननिर्माण गर्ने उदेश्यले गर्न थालिएको महायज्ञलाई स्थानीय ले उत्साहाका रुपमा लिएका छन् । महायज्ञमा आवश्यक पर्ने यज्ञसमाग्री भारतको गुजरात बाट आइसकेको महायज्ञ सञ्चालन व्यबस्थापन मूल समितिका महासचिब चक्रपाणी भट्टराईले जानकारी गराउनुभयो । ‘‘महायज्ञलाई व्यबस्थित र भव्य बनाउने प्रयासमा लागेका छौ, तयारी पूरा भएको छ ’’ भट्टराईले भन्नुभयो, ‘‘महायज्ञबाट संकलन भएको रकमले मन्दिर पुननिर्माण गर्ने योजना छ ।’’ महायज्ञमा स्थानी बाचक र ब्रह्मणबाट काम लिने नीति बनाएर आर्थिक बचत गर्ने भनिएको छ । ‘‘महायज्ञमा भागवत भूषण पण्डित नारायण तिमिल्सिनाले बाचन गर्नुहुने छ ।


टीकापुरको धरोहर मन्दिर जिर्ण भएर कतिबेला भत्कने हो भन्ने बारेमा स्थानीयमा चिन्ता छ । १३ गते सम्म चल्ने महायज्ञमा दैनिक बिहान ५ बजेबाट ७ बजेसम्म योग साधना हुने छ । यसै गरी दैनिक बिहान ८ देखि ११ बजेसम्म पूजापाठ , हवन जस्ता अनुष्ठान हुने छन् भने साँझ ७ बजे सन्ध्या आरती र राष्ट्रिय कलाकारबाट भजन हुने छ । महायज्ञ अवधिभर बिबाह, ब्रतबन्ध,ग्रहशान्ति,लक्ष्यबर्ती, तुलादान, भूमिदान जस्ता अनुष्ठान चल्ने छन् । महायज्ञका दानबीरहरु लाई सम्मान कार्यक्रम पनि संगसंगै गरिने भएको छ । श्रीमदेभागवत, वेद पूराण गीता आदी सतसास्त्रको पाठ पूजा हवन आरती जस्ता आरधना गरिने भएको छ ।अहिलेसम्म ५० जना भन्दा दानबीर सम्पर्कमा आएको आयोजकको भनाई    छ । टीकापुर स्थित कैलाशेश्वर शिब मन्दिर यस क्षेत्रकै ऐतिहासिक मन्दिर भएपनि संरक्षणमा जन प्रतिनीधिको ध्यान नजाँदा समस्याका भएको हो । पछिल्लो समय मन्दिर व्यबस्थापन समिति मा नयाँ कार्यसमिति आएपछि मन्दिरको आम्दानी पारदर्शी हुन थालेको छ भने आस्था पनि बढ्न थालेको छ ।
मन्दिरकै आम्दानी खाने बानीले आस्थामा सचेत चोट लागेकै बेला केही बिद्धान अग्रजले मन्दिरमा ध्यान दिएपनि सामाजिक अगुवाको कम ध्यान गएको छ । टीकापुर नगरपालिकाले यस अघिका मेयर तपेन्द्र बहादुर रावल को अगुवाईमा मन्दिरको नक्सा र डिपिआर तयार पार्न पहल भएपनि अहिलेका जनप्रतिनीधिले वेवास्ता गर्दा तयार भएको डिपिआर मन्दिर व्यबस्थापन समितिले नपाएको स्थानीयको भनाई छ ।महायज्ञमा टीकापुरबासीले खुल्ला ह्दय बनाएर दान आग्रह गर्दै मन्दिरमा सेवा गरिरहेका अग्रजको भावना बुझ्न जरुरी छ । जमरा नदीको किनारमा रहेको शिमन्दिर बास्तु सास्त्र अनुसार पनि ठिक ठाउँमा निर्माण भएको बताइन्छ ।
यो मन्दिरमा आराधना गर्ने हरेकको मनोकामना पूरा हुने बिश्वास लिइएको छ ।