भारतीय नागरिक नेपाल आउन चाहेमा अनिवार्य खोप कार्ड र आर टि पिसिआर रिपोर्ट हुनुपर्ने

गणेश क्षेत्री

टीकपुर, ४ माघ/कैलालीको दक्षिण पुर्बी खक्रौला नाकामा भारत आवतजावत गर्ने नेपाली नागरिक १ सय ८ जनालाइ कोरोना विरुद्धको भ्याक्सिन जोन्सन लगाएको हेल्थ डेस्क का इन्चार्ज मकेन्द्र रोकायाले बताउनुभयो ।
भारतीय नागरिकलाई नेपाल आउन चाहेमा अनिवार्य खोप कार्ड र आर टि पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने रोकाया ले बताउनुभयो । खक्रौला नाका भएर भित्रीने भारतिय नागरिकलाई स्वास्थ्य को मापदण्ड अनिवार्य गरेपछि भारतिय नागरिक खुल्ला सिमाना का को फाइदा उठाउँदै नेपाल भित्रीने गरेको पाइएको छ ।
हुन त सानोतिनो ब्यापार गर्ने भारतिय नागरिक हरु खुल्ला सिमा नाकाको फाइदा उठाउदै नेपाल भित्री ने गरेको स्थानीयहरु बताउछन् ।
प्रहरी चौकी कालाकुन्डा का इन्चार्ज लोकेन्द्रबहादुर चन्द ले लुकिछिपी आउने र खोप काड नहुने भारतिय नागरिकहरुलाइ फर्काउने गरेको बताउनु
भयो ।
कालाकुन्डा चौकिका इन्चार्ज चन्दले नेपाल भित्रीने नागरिक हरु लाइ अनिवार्य मास्क लगाउनु पर्ने र स्वास्थ्य को मापदण्ड पूर्ण रुपमा पालना गर्नु पर्ने बारेमा सचेत गराउने गरेको बताउनु भयो ।
कोरोनाको संकास्पद लक्षण देखिएमा हेल्थ डेस्कमा एन्टिजेन परिक्षण गर्ने ब्यवस्था समेत रहेको हेल्थ डेस्कका इन्चार्ज मकेन्द्र रोकायाले बताउनुभयो ।