सम्पादकीय
भाषणले मुलुक बन्दैन भनेर जनताले नेताहरुको भाषण सुन्न छाडेका छन् । पार्टीका कार्यक्रममा समेत नेतृत्वको कुरा कार्यकर्ताले ध्यान लगाएर सुनेको पाइदैन । बिगतमा नेताले के निर्देशन दिन्छन् के कुरा गर्छन् भनेर कार्यकर्ताहरुले कान ठाडो पारेर सुन्ने गरेका थिए । नेताहरु सादगी थिए । अहिले नेताहरु भाषण गर्ने अनी सुबिधा सम्पन्न होटेलमा गएर केही निश्चित नेता तथा कार्यकर्तासंग बस्ने गरेका छन् । यसरी बस्दा मैले कस्तो बोले भनेर नजिक भएका कार्यकर्तालाई सोध्छन् । यसरी सोधेपछि चाकडीमा गएकाहरुले केही थपेर भाषणको गुनगान गाउँन थाल्छन् । नेताहरु चाकडीमा रमाएका छन् भने कार्यकर्ता पनि संगठन गर्नुभन्दा चाकडी गरे अवसर पाइन्छ भन्ने बुझ्न थालेका छन् । राजधानीमा बसेर अवसर लिनेहरुकै कारण नेताहरु प्नि भ्रष्ट भएका हुन् । गणतन्त्रमा नागरिकले नेताहरुको भाषण सुनेर सबै समस्या समाधान भयो भन्नुपर्ने अवस्था छ । नागरिक आत्मनिर्भर कसरी हुने भन्नेमा छन् त्यही सत्तामा बस्नेहरु कसरी कर असुल्ने भन्नेमा छन् । नागरिकले सहज रुपमा जीवन निर्बाह गर्न पाएपछि कर नतिर्ने कुरै भएन । नेपालको अवस्था एकातिर छ कर प्रणाली अर्काे तर्फ । कर प्रणालीलाई सहज बनाउनुको साटो आम नागरिकको जसरी पनि खल्ती टकटक्याउने नीति बनेको छ । कर तिर्ने नागरिक उपचार नपाएर अस्पतालको शैयामा छटपटाइरहेको भएपनि राज्यलाई केही वास्ता छैन । कतिपय त आत्महत्या गर्न बाध्यछन् । नागरिक कठिन अवस्थामा भएपनि सत्तामा बस्नेहरु निकास दिने बारेमा जिम्मेवार भएको पाइदैन । उत्पादन बढाउने सवालमा सत्तामा बस्नेहरुले ध्यान दिएको पाइदैन । गास काटेर गरेको बचतमा राज्यले कर उठाउछ । कस्ता नागरिकबाट कर असुल्ने भन्ने पनि छैन । आम नागरिकको बिजुली काटिन्छ त्यही उद्योगपतीलाई अर्बाै रुपैया छुट दिने कुरा हुन्छ । अर्बाै रुपैया छुट दिन कर्मचारीलाई प्रधानमन्त्रीले दबाब दिन्छन् अनी यो देशमा कसरी आम नागरिकले सुशाषनको प्रत्याभूति गर्छन् ? तसर्थ हरेक नागरिक सचेत हुन जरुरी छ । भाषणले हुनेवाला छैन । नागरिकका सवालमा राजनीतिक दलका नेताहरु गम्भिर हुन जरुरी छ ।