भ्रष्टहरुलाई बहिष्कार

सम्पादकीय
शनिबार भ्रष्टाचारका बिरुद्ध भएको एउटा कार्यक्रममा युवाहरुले डाक्टर बाबुराम भट्टराई र हिसिला यमीलाई बहिष्कार गरे । भ्रष्टाचारका बिरुद्ध ऐक्कबद्धता जनाउन गएका भट्टराई दम्पत्तीका बिरुद्ध युवाहरुले बोले । हिसिलायमी र डाक्टर बाबुराम भट्टराईले भ्रष्टाचारका बिरुद्ध बोल्ने नैतीक आधार नभएको भन्दै बिरोध जनाए । युवाहरुले भट्टराई दम्पत्ती भ्रष्टाचारका बिरुद्ध भइरहेको आन्दोलन मा सहभागि भएर चोखिन खोजेको आरोप युवाहरुको थियो । पूर्ब प्रधानमन्त्री भट्टराई सत्तामा बसेका बेला खासे काम नगरेको आम गुनासो छ । यो त एउटा आक्रोस मात्र हो । अब यस्तो आक्रोस हरेक नेताहरुले भोग्नुपर्ने छ । सत्तामा बस्दा जनताको काम नगरेर सम्पत्ती आर्जनमा लागेकाहरुका बारेमा नागरिकलाई थाहा छ । हिजो कसको हैसियत के थियो हरेकलाई थाहा छ । आज रातरात धनाढ्यको सुचिमा छन् । नागरिकको जीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ नेताहरु मोज मस्तिमा छन् । भुटानी सरणार्थी प्रकरणले यतिखेर तरंग ल्याएको छ । यहि प्रकरणका कारण नागरिकले नेताहरु आक्रोस पोख्न थालेका छन् । यो आक्रोस पोख्दा बिगतका भ्रष्टाचारका बारेमा पनि कुरा उठ्न थालेका छन् । ठूला ठूला काण्ड भए तर शक्तीको आडमा दबाउने काम भएको छ । नागरिक आजित भएका छन् । यतिखेर भ्रष्टाचारका बिरुद्ध नागरिक सडकमा आउन थालेका छन् । भुटानी सरणार्थीको घटना पनि दबाछन् भन्ने त्रासले नागरिक सडकमा आएका छन् । यसरी नागरिकले खबरदारी सुरु देखि गरेको भए नेताहरुले मनपरी गर्न पाउने थिएनन् । केन्द्रका नेताहरु मात्र होइन स्थानीय तहमा देखिएका भ्रष्टाचारका बिरुद्ध नागरिक एक हुन जरुरी छ । स्थानीय तहका भ्रष्टाचारीलाई पनि बहिस्कार गर्न जरुरी छ ।