भ्रष्ट कसैका हितमा हुँदैनन्

सम्पादकीय
नेपाली समाजमा भ्रष्टहरु हाबी छन् । भ्रष्ट प्रबृत्तिका मान्छेहरु केवल आफ्नो स्वार्थमा लिप्त हुन्छन् । सत्ता र शक्तिमा भएका मान्छेसंग नाता लगाएर हुन्छ की पार्टीको आडमा हुन्छ पहुँच बढाउने अनी काम लिने गर्छन् । यिनीहरुको काम सत्ता र शक्तिमा भएकाहरु नजिक गएर चाकडी गर्ने, नभएका कुराहरु पु¥याउनु हो । बिहान देखि साँझसम्म सत्तामा भएकाहरुको दैलोमा लाजै नमानी बसिरहन्छन् । काम गरेर खानु भन्दा सत्ता र शक्तिमा भएको मान्छेलाई खुसी पारेर सुबिधा खान सजिलो हुन्छ । सत्ता आर्थिक आर्जनको सजिलो बाटो हो भन्ने राम्रोसंग बुझेका छन् । भ्रष्टहरुले एक रुपैया लगानी गर्छन् सय रुपैया असुल्छन् । सत्तामा भएको मान्छेको बारेमा नानाथरी गुनगान गाउछन् । क्षमता भन्दा पनि चाकडीमा सिपालू हुन्छन् भ्रष्टहरु । आज हरेक पार्टीमा भ्रष्टहरु हाबी भएका छन् त्यही भएर नेताहरु बद्नाम छन् । भ्रष्टहरु काम लिन्छन् अनी कुुकुरले हड्डी छाडेझैं छाड्छन् । भ्रष्ट र लोभीको सहारा लिएर समाजमा राम्रो काम गर्छु कसैले भन्छ भने त्यो गलत हो । भ्रष्ट र लोभीहरुले राम्रो काम गर्न सिकाउँदेन र गर्न पनि दिदैनन् । यिनीहरुको स्वार्थ पैसा र काम हो । बिभिन्न संघ संस्थामा होस् या जनप्रतिनीधिहरुसंग होस् भ्रष्ट र लोभीहरुले मात्र लाभ लिने गरेका छन् । भ्रष्ट र लोभीले आफ्नो स्वार्थ पूरा हुने सम्भावना नदेखेपछि खेदो खन्न थालिहाल्छन् ।तसर्थ समाजिक काम गर्छु भन्नेहरुले सोच्न जरुरी छ । भ्रष्ट र लोभीहरुको पासोमा परेर जिम्मेवारी लिनुभन्दा चुपचाप बस्नु राम्रो हुन्छ । भ्रष्ट र लोभी पापीहरुलाई कहिलै खुसी बनाउन सकिदैन । भ्रष्टहरुलाई खुसी पार्छु भन्नु र बालूवा पेलेर तेल निकाल्छु भन्नु एउटै हो ।