मजदुरहरुको सबै क्षेत्रमा योगदान रहेकोःनगर प्रमुख रामलाल डंगौरा थारुको भनाई

टीकापुर, १९ बैशाख/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले मजदुरहरु को सबै क्षेत्रमा योगदान रहने गरेको बताउनु भएको छ ।
श्रमीक दिवसको अवसरमा टीकापुर डकर्मी ब्यावसायी संगठनले सोमबार टीकापुरमा गरेको सभालाई सम्बोधन गर्दै नगर प्रमुख थारुले जुनसुकै संरचना बनाउँदा पनि मजदुर आवश्यक पर्ने भएकाले सबै क्षेत्रमा मजदुरको योगदान रहेको बताउनु भयो ।


प्रमुख थारुले मजदुरहरुलाई ज्यालमा तलमाथी गर्न नुहुने बताउँदै समान कामको समान ज्याला प्रदान गरिनु पर्ने बताउनु भयो ।
सभा अघि विभिन्न नारासहित टीकापुरको खुल्ला मञ्चबाट शुरु भएको ¥याली टीकापुर बजार परिक्रमा गरी पुनः खुल्ला मञ्चमा पुगेको थियो ।
टीकापुर डकर्मी ब्यावसायी संगठनका अध्यक्ष शुकदेव दास मुन्सीको अध्यक्षतामा भएको सभामा स्वागत कोषाध्यक्ष तेजुप्रसाद चौधरीले गर्नु भएको थियो भने सञ्चालन पुरन राजवंशीले गर्नुभएको थियो ।