सम्पादकीय
सर्बाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमसेर राणाले संसदीय समितिलाई दिएको बयानलाई ख्याल गर्ने हो भने राज्य असफल भइसकेको रहेछ भन्ने प्रष्ट हुन्छ । संसदीय समितिले प्रत्यक्ष रुपमा पत्रकारलाई जान दिएर सोधिएको प्रश्नमा राणाले आफ्ना बारेमा ढाकछोप गरेका होलान् तर जसरी उत्तर दिएका छन् आम नागरिकलाई झस्काएको छ । राणाले दिएका उत्तरलाई ख्याल गर्ने हो भने नेपालका राजनीतिक दल बिकृतिको भाषमा डुबिसकेका रहेछन् भन्ने प्रष्ट हुन्छ । सर्बाेच्च अदालतका न्यायाधीसको व्यबहार र आनिबानी , बारका पदाधिकारीको भूमिका कस्तो हुूदा रहेछ भनेर राणाले प्रष्ट पारेका छन् । उता राजनीतिक दलका नेताहरु भ्रष्टाचारबाट कसरी बच्दा रहेछन् भन्ने बारेमा पनि राणाले भेद खोलेका छन् । भ्रष्टाचारमा लिप्त नेताहरुले अदालतलाई कसरी काबूमा राख्दा रहेछन् भनेर बुझ्ने अवसर आम नागरिकले पाएका छन् । राणालाई महाअभियोग लगाएर अदालतलाई कमजोर बनाउँदाको परिणाम पछि आउला तर राजनीतिक दलका नेताहरुले अदालतलाई समेत आफ्नो काबूमा राखेका रहेछन् अनी आम नागरिकले कसरी न्याय पाउछन् ? अदालतलाई आफ्नो नियन्त्रणमा लिएर मनपरी गर्दै आएका नेताहरु किन यसरी मैमत्ता भएका छन् भन्ने पनि बुझ्ने मौका पाए जनताले । माननीयले प्रश्न गर्दा प्रणाली प्रति नै राणाले प्रश्न गरेका छन् । राजनीतिक दलका नेताहरुले देखाएको अराजकतालाई राणाले खुलेर बोलेका छन् । संसदीय समिति र राणा बीच चलेको जुहारीले न्यायाधीस कसरी हुँदा रहेछन् र दलका नेताहरुले दलाललाई कसरी पालेका रहेछन् भन्ने पनि प्रष्ट भयो । बार अदालतको सहयोगि नभई दलाली गर्ने संस्थाका रुपमा विकास गर्ने प्रयास भएको देखिन्छ । हरेक कानून व्यबसायीको म¥यादालाई अपमान हुने गरी बारका पदाधिकारीले हुर्मत लिदै आएका रहेछन् । मेहनत गरेर जीवन निर्बाहा गर्ने कानून व्यवसायीहरु थुप्रै छन् तर केही निश्चित व्यक्तिले राजनीतिक दलका नेताहरुको आडमा मनपरी गर्दै आएका रहेछन् । तसर्थ नागरिक सचेत हुन जरुरी छ । यो घटनाले राज्य पुरै असफल भएको प्रमाणित हुन्छ । नेताहरु समयमै सुध्रन जरुरी छ ।