महोत्सवमा बिकृती

सम्पादकीय
टीकापुर महोत्सवको उदेश्य पवित्र हो । उद्योग बाणिज्य संघले आयोजना गर्ने महोत्सव नितान्त स्थानीयलाई मनोरञ्जन दिनु र स्थानीय उत्पादन प्रर्बद्धन गर्नु हो । यस बाहेक केही रकम बचत भए संघका गतिबिधीमा खर्च गर्नु हो । शुरुका दिनमा यो भावनाका साथ महोत्सव भएपनि पछिल्लो समय संघका केही पदाधिकारी र सदस्यहरुको स्वार्थका लागि महोत्सव गर्न थालिएको छ । महोत्सवलाई कसरी प्रभावकारी बनाउँने भन्ने बारेमा छलफल हुँदैन । छलफल कसले खाना र बासको जिम्मा लिने अनी कसले सांस्कृतिक संयोजकको जिम्मेवारी पाउने भन्नेमा मात्र हुन्छ । महोत्सवलाई नागरिक स्तरबाट स्विकार गर्नुपर्नेमा बाध्यात्मक स्विकार गर्नुपर्ने अवस्था छ । महोत्सव बर्षमा एक पटक लाग्नु राम्रो पक्ष हो तर यसलाई कसरी सभ्य र भव्य बनाउने बारेमा आयोजकका अधिकांस पदाधिकारीमा चिन्ता हुँदैन । चिन्ता भएको भए थारु गाउँमा देखिएको बिकृतीका बारेमा छलफल र बहस हुन्थ्यो । थारु गाउँमा राम्रो व्यापार छ । थारु गाउँमा जाँड खाने युवाहरु कति उमेरका छन् भन्ने बारेमा आयोजकले हेक्का राखेको पाइदैन । आफु भन्दा ठूलाले महोत्सवका नाममा दिउँसै जाँड खाँदा केही हुँदैन भन्ने बुझाउँने प्रयास भएको छ । महोत्सवमा भन्दा थारु गाउँमा खाने र हो हल्ला गर्ने प्रचलन बढ्दै गएको छ । १४÷१५ बर्ष उमेरका नावालकलाई जाँड दिन नपाईने नियम लागु हुनुपर्ने थियो । महोत्सवमा १४÷१५ बर्ष उमेरका नाबालकले जाँड खाएर रमाउँछ भने के सन्देश जान्छ । अघिपछि नभएपनि महोत्सवका बेला दिउँसै खाएपनि केही हुँदैन भन्ने सन्देश दिन थालेका छौ. । युवाहरु त्यसै पनि कुलतमा फस्न थालेका छन् त्यसैमा टीकापुर झन संकटमा छ । संकटमा भएको समाजमा मेला महोत्सव गर्दा गलत कृयाकलापलाई निरुत्साहित गर्ने गरी गतिबिधी गर्न जरुरी छ । महा्ेत्सवमा नाबालकहरुलाई जाँड र रक्सी सेवन पुरै प्रतिबन्ध लगाउन जरुरी छ । समाजमा बढ्दै गएको कुलत नियन्त्रण गर्ने काम संघको पनि हो । यसमा संघले समयमै ध्यान दिन जरुरी छ । महोत्सवको पवित्र उदेश्यलाई गलत बाटो तर्फ जान दिनुहुँदैन। महोत्सव भव्य र सभ्य बनाउँने टीकापुरका हरेक नागरिकको कर्तव्य हो ।