महोत्सव पारदर्शी हुनुपर्छ

सम्पादकीय
टीकापुरमा पारदर्शी भन्ने शव्दलाई अलि कडा रुपमा बुझ्ने गरिएको छ । संघ संस्थामा बस्नेहरुसंग पारदर्शीताका कुरा ग¥यो कि दुई हात माथि उफ्रन थाल्छन् । पारदर्शीताले शिर ठाडो हुन्छ भन्ने भावनाको विकास नभएकै कारण टीकापुरका हरेक संघ संस्थामा पारदर्शीता देख्न पाइदैन । पारदर्शीता भएपछि कसैले पनि औंला ठड्याउन पाउँदैन । टीकापुरमा महोत्वब हुने गरेको छ तर त्यसको पारदर्शीताका बारेमा अहिलेसम्म जवाफ देहिता पाइदैन । नागरिकसंग उठाएको रकम र स्थानीय सरकारसंग लिएको रकम कहाँ कसरी खर्च भयो भन्ने बारेमा हरेक नागरिकले जान्न पाउनुपर्ने अधिकार हो र जिम्मेवार पदमा बसेका व्यक्तिले आम्दानी खर्च प्रष्ट पार्नु कर्तव्य हो । महोत्सवमा सधै केही निश्चत व्यक्तिले मोज मस्ती गर्ने थलोको रुपमा बुझ्ने गरिएको छ । यसले गर्दा संघका पदाधिकारीका बारेमा पनि नानाथरी टिकाटिप्पणी हुने गरेका छन् । संघका पदाधिकारी ले मेहनत गरेका छन् तर मेहनत गरेको भन्दैमा सबै आफैले खर्च गरेर सक्ने हो भने किन महोत्सव गर्ने ? प्रबद्र्धन के भयो भन्ने बारेमा संघले केही जवाफ दिने ठाउँ छैन । महोत्सव स्थलमा राखिएका होटलको भाडा संघका केही पदाधिकारी र उनका आफन्तले नास्ता खाएर सक्ने गरेको गुनासो यस अघि आएका हुन् । यस पटक पनि होटलका बिल उठ्न थालिसकेका छन् । यसरी हेटलका बिल तिर्नका लागि महोत्सव गर्ने हो भने नागरिकले शुल्क किन तिर्ने ? स्थानीय सरकारले पनि रकम किन दिने ? महोत्सवको पवित्र उदेश्य सस्तो शुल्कमा स्थानीय रमाउन पाउने र स्थानीय उत्पादन प्रबद्र्धन हुने हुनुपर्छ । बाहिरबाट टीकापुरको महोत्सव हेर्न आउनुपर्ने कुनै कारण छैन । निश्चित स्थानमा महोत्सव लाग्ने गरेको छ । केवल यहाँको पैसा संकलन गरेर अरुलाई पोस्नका लागि महोत्सव सहयोगि हुनुहुँदैन । तसर्थ आम्दानी र खर्चका सवालमा संघका पदाधिकारी समयमै सचेत हुन जरुरी छ । केही व्यक्ति र उनका परिवारलाई मोज मस्ती गर्ने थलोको रुपमा महोत्सव नबनोस् ।