माओवादीको चरित्र नै दोधारे

सम्पादकीय
नेकपा माओवादीको चरित्र शुरु देखि नै बुझिनसक्नु छ । जनयुद्धको जग नै जालझेलको राजनीति भएको प्रष्ट भएको छ । जनयुद्ध नितान्त भारतको भरमा भएको रहेछ भन्ने प्रष्ट भएको छ । आफ्नो एजेण्डा भन्दा भारतीय एजेण्डा बोक्न बाध्य छ माओवादी । सत्तामा माओवादीलाई बिदेशी शक्तीले पु¥याइदिएकोमा दुई मत छैन । माओवादी सत्तामा त गयो तर पतनको बाटोमा तुरुन्त लागि हाल्यो । पतनमा लागेको माओवादी नेतृत्व अहिले संकटमा छ । माओवादीकै कारण मुलुक संकटमा परेको हो । माओवादीको दोधारे चरित्रले अस्थिरता बढ्दै गएको छ । माओवादी सत्तामा बस्नै पर्ने बाध्यताले राजनीतिमा अस्थिरता मात्र बढेन आपसमा अबिश्वासको वातावरण बन्दै गएको छ । प्रदेश नामाकरण गर्दा सकस भयो । जनयुद्धका बेला पहिचानका नाममा संघियताको कुरा गर्ने माओवादीले प्रदेशको नामाकरणमा पहिचानको नाम राख्न सकेन । प्रदेश १ को नामाकरण पहिलो प्रदेशसभाले गर्न सकेन । दोस्रो पटक निर्बाचित प्रदेशसभाले कोशी नामाकरण गर्न सफल भए । कोशी नामाकरण गरिएपछि पहिचनावादीहरुले प्रदेशको नाम प्रति आपत्ति जनाउँदै आएका छन् । यसरी पहिचनावादीले आपत्ति जनाउनु ठिकै हो तर माओवादीहरु पनि आन्दोलनमा उत्रेका छन् । कोशी नामाकरणमा मत दिने अनी नामाकरण भएपछि सकडमा आन्दोलन गर्ने माओवादीको कस्तो राजनीति हो ? यस्ता गैरजिम्मेवार राजनीतिले मुलुकलाई शान्ति कसरी दिन्छ ? आफुले गरेको कामको विश्वास गर्ने वातावरण नबनाउने पार्टीले देश र जनतालाई कसरी बिश्वासमा लिन सक्छन् ? तसर्थ माओवादीले जनयुद्धको धङधङी हटाउन जरुरी छ । जनताले माओवादीलाई बुझिसकेका छन् । हुन त जनता हरेक पुराना दलका नेताहरुको बोली र व्यबहार बाट दिक्क भएका छन् । नागरिकले नेताहरुको बोलीको बिश्वास गर्ने वातावरण छैन त्यसैमा माओवादी को दोधारे चरित्रले थप समस्या सृजना गर्न थालेको छ । माओवादीले देश र जनताको भावना बुझेर प्रष्ट कुरा गर्न जरुरी छ । जनताका नाममा गरिने धोकाको राजनीति बन्द गर्न जरुरी छ ।